Logo

‘एमआई नोट सिक्स–प्रो’ नेपालमा

चिनियाँ कम्पनी साओमीले रेडमी नोट सिरिजको पछिल्लो स्मार्टफोन रेडमी नोट सिक्स प्रो नेपाली बजारमा भित्र्याएको छ । २५ हजार सुरुवाती मूल्य रहेको फोनमा चार वटा क्यामरा छन् भने ४००० एमएएचको ब्याट्रि जडित छ ।
भारतमा नम्बर एक स्मार्टफोन बनेको साओमीले मिड रेन्जका स्मार्टफोनलाई केन्द्रीय उत्पादनका रुपमा बजारमा ल्याउँदै आएको छ । कम्पनीले नेपालमा आफ्नो पहिलो चारवटा क्यामरा भएको स्मार्टफोनका रुपमा सार्वजनिक गरेको हो । कम्पनीले यसअघि बजारमा ल्याएको रेडमी नोट ५ एआईको सक्सेसरको रुपमा ल्याएको रेडमी नोट सिक्स प्रोमा नोचसहितको १९ः९ रेसियो भएको डिस्प्ले रहेको छ ।
नेपालमा नोट सिक्स प्रो सार्वजनिक गर्ने सन्दर्भमा साओमीका देशीय महाप्रबन्धक सौरभ कोठारीले रेडमी नोट आफैंमा विश्वसनीय छनोट भइरहेको बता । “रेडमी नोट ५ एआई शक्तिशाली ड्यूल क्यामरा स्मार्टफोनको रुपमा आएको थियो, जुन नेपालमा निकै मन पराइयो,” उनले थपे, “रेडमी नोट सिक्स प्रोका साथमा हामी नेपालमा एमआई फ्यानहरुलाई सुपथ मूल्यमा उत्कृष्ट प्रविधि दिन चाहन्छौं ।” साओमीले ‘सस्तोमा राम्रो’ उत्पादन दिने भएकाले नै दक्षिण एसियामा यसको बजार हिस्सा ह्वात्तै बढेको छ ।
कम्पनीले रेडमी नोट सिक्स प्रो ३ जीबी ¥याम र ३२ जीबी स्टोरेज फोनलाई २४ हजार ९९९ रुपैयाँ र ४ जीबी ६४ जीबी स्टोरेजको मूल्य २८ हजार ९९९ रुपैयाँ तोकेको छ । यो फोन ग्राफिटे ब्लाक र लेक ब्लू कलर अप्सनमा उपलब्ध छ । ६.२६ इन्चको फुल एचडी प्लस आईपीएस डिस्प्ले र रिजोल्यूशन २२८० गुणा १०८० पिक्सेल रहेको यो फोनको डिस्प्ले कडा घाम लागेको बेला समेत हेर्न सकिने गरी ५०० नीट म्याक्सिमम ब्राइटनेस राखिएको कम्पनीले जनाएको छ ।
फोटोग्राफीका लागि रेडमी नोट सिक्स प्रो स्मार्टफोनमा १२ मेगापिक्सेल र ५ मेगापिक्सेलको एआई ड्यूल रियर क्यामरा राखिएको छ । सेल्फीका लागि २० मेगापिक्सेल र २ मेगापिक्सेलको एआई ड्यूल क्यामरा राखिएको छ । यसमा एआई पोटे«ट मोड २.० रहेको छ । यसमा रियर फिंगरप्रिन्ट सेन्सर राखिएको छ । कम्पनीका अनुसार रेडमी नोट सिक्स प्रो खरिदमा ग्राहकले निःशुल्क सफ्ट केस उपहारमा प्राप्त गर्ने छन् । रेडमी नोट सिक्स प्रोमा क्वालकम स्न्यापड्रागन ६३६ अक्टाकोर प्रोसेसर राखिएको छ, जसमा आर्टिफिसियल इन्टेलिजेन्सहितको क्वाड क्यामरा सेटअप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्