सुजुकीको नयाँ वर्ष अफर «

सुजुकीको नयाँ वर्ष अफर

सुजुकी ब्रान्डको चार पाङ्ग्रे सवारी साधनको नेपालको लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नयाँ वर्ष २०१८ योजना अन्तर्गत ‘दिस् इएर गिफ्ट योर सेल्फ अ सुजुकी’ अफर ल्याएको छ । सुजुकी ब्राण्डका चार पांग्रेअन्तर्गत देशकै सर्वाधिक कार रेञ्जहरु उपलब्ध रहेका छन् । कम्पनीद्वारा नेपाली बजारमा उपलब्ध गरिएका सर्वाधिक लोकप्रिय कार रेञ्जहरुमा अल्टो ८००, केटेन, वागनआर, सेलेरियो, स्विफ्ट, ईग्निस, डिजायर, बलेनो, ब्रेजा, एसक्रस, सियाज, ओम्नीकार्गो, ओम्नीभ्यान र ईको लगायत रहेका छन् ।
यो सुविधा २०१६, २०१७ तथा २०१८ कामोडलहरुमा छुट्टाछुट्टै प्रदान गरिएको छ । ‘दिस् इयर गिफ्ट योर सेल्फ अ सुजुकी’ अफर अन्तर्गत उपभोक्ताले ४.५लाख रुपैयाँसम्मनगद छुट, १ लाख रुपैयाँ सम्म सटही वोनस, १ लाख रुपैयाँ सम्म अतिरिक्त स्क्रयाच कुपन, रोड ट्याक्स र रजिष्टेशन निःशुल्क उपलब्ध गराउने रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्