लोपोन्मुख बज्जिका भाषामा प्रकाशित बज्ज त्रैमासिकको लोकार्पण
सर्लाहीको हरिपूर्वा नगरपालिकामा बज्जिका समृद्वि समाज नेपालको आयोजनामा बज्जी साहित्यिक त्रैमासिक पत्रिकाको लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । हरिपूर्वा नगरपालिका–३ मा आधारभूत विद्यालय धनकौलको प्रधानाध्यापक हरिनारायण महतो कुशवाहाको अध्यक्षता र बज्जिका भाषाको संरक्षण र सम्र्बद्वनमा क्रियाशील अभियन्ता रौतहटको गरुडा निवासी संजय साह मित्रको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश २ बाट प्रकाशित पहिलो बज्जी त्रैमासिक पत्रिकाको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पश्चिमी भाषा सांस्कृतिको व्यापक प्रचार–प्रसार र नेपालमै नेपाली भाषीबाट हाम्रो भाषा र संस्कृतिमाथि वर्षौंदेखि गर्दै आएको व्यापक शोषण र विभेदका कारण हाम्रो मातृभाषाको पहिचान र अस्तित्वनै लोप हुने अवस्थामा पुगेको प्रमुख अतिथि संजय साह मित्रले बताए ।
बज्जिका भाषाको मूल भूमि बारा, रौतहट, सर्लाही र महोत्तरी छन् । लोपोन्मुख अवस्थामा पुगेका हाम्रो मातृभाषाको संरक्षण, सम्बद्र्वन र प्रचार–प्रसार विभिन्न सञ्चारमाध्यम र पत्रपत्रिकाको समेत विशेष योगदान रहेका छन् । संरचारमाध्यमको साथ र सहयोगले कम समयमा बाज्जिका भाषाले राम्रो माया, प्रेम, र स्थान पाएको छ । हाम्रो रौतहट र सर्लाही बज्जिका भाषाको विकासमा धेरै अगाडि रहेको, बारा र महोत्तरीमा हामीले विशेष ध्यान दिनु आवश्यक रहेको बताए । हाम्रो माता जगत जननी मातृभाषा, धर्म संस्कृति र संस्कारको संरक्षण र सम्बद्र्वनमा ध्यान नदिई अरुको भाषा र संस्कृतिको अनुशण गरी आफनो अस्तित्व नै लोप हुने काम गर्नेलाई हाम्रो आउने सन्ततिले हामीले कदापि माफी गर्ने छैन । हाम्रो अस्तित्वलाई जिवन्त राखी आउने पुस्ताहरूलाई हस्तानान्तरण गर्नु नै आजको पिँडीको महत्वपूर्ण जिम्मेवारी छन् । हाम्रो मातृभाषा हामी सबैको आमा रहेको र उहाँको मर्यादा र अस्तित्वको रक्षाको लागि सबै बज्जिका भाषीहरूले आ आफनो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमासाह ले जोडदिए ।
बज्जिका भाषामा प्रकाशित हुन लागेको बज्जि त्रैमासिक सर्लाहीको मात्र नभई प्रदेश २ कै गौरवको कृति रहेको बज्जिका समृद्वि समाज नेपालको अध्यक्ष जियालाल राय ले बताए ।
प्रदेश २ मा सबैभन्दा बोलिने भाषामा पहिलो मैथिली, दोस्रो बज्जिका र तेस्रो भोजपुरी रहेको हामीहरू बेला बेलामा मन्चको माध्यमबाट समेत आवाज उठाउँदै आएका छौं । बज्जिका भाषाको विकास र समृद्विको लागि हामीले कविता, नाटक, गित, कथा कहानी, लेख र पत्रपत्रिकाको माध्यमबाट सबै सरोकारवाला निकायहरूलाई अनुरोध, चुनौती दिँदै आएका छौं, भाषा आयोग समेत हामीसंग सहकार्य गरी अघि बढिरहेको छन् ।
श्रीवृद्वि विकास, संरक्षण र सम्र्बद्वनमा महत्वपूर्ण योगदान गरेको उच्च मूल्यांकन गर्दै संजय साह मित्र लाई बज्जिका शिरोमणि सम्मान २०७७ र किशुनदयाल राय यादव लाई बज्जिका सम्राट सम्मान २०७७ बाट बाट सम्मानित गरिएको आयोजकले जनाएको छ ।