कारोबारकर्मी श्रेष्ठसहित चार महिलाले चढे अन्नपूर्ण «

कारोबारकर्मी श्रेष्ठसहित चार महिलाले चढे अन्नपूर्ण

कारोबारकर्मी पूर्णिमा श्रेष्ठसहित चार जना नेपाली महिलाहरुले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन् ।
कारोबारकर्मी फोटो पत्रकार श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता र डावुटी शेर्पाले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरि कीर्तिमान कायम गरेका छन् । उनीहरू सेभेन समिट ट्रेकिङ एजेन्सीबाट गएका थिए । सेभेन समटिका अनुसार उनीहरु शुक्रबार बिहान ११.४० मा अन्नपूर्णको चुचुरोमा पुगेका थिए ।
गोरखा आरूघाटकी श्रेष्ठले यसअघि सगरमाथाको सफल आरोहण गरिसकेकी छिन् ।
नेपाली महिलाले अन्नपूर्ण हिमाल आरोहण गरेको यो पहिलो पटक हो।

प्रतिक्रिया दिनुहोस्