सिटीसी मोबाइल मेला सुरु «

सिटीसी मोबाइल मेला सुरु

 सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाइल हबले बिहीबारदेखि सञ्चालनमा ल्याएको मोबाइल एक्सचेञ्ज मेलामा ग्राहकहरुको भीड लागेको छ । ल्यापटप, क्यामेरा एप्पलका ग्याजेट्स सुपथ मूल्यमा किस्ताबन्दीमा पाइने भएपछि ग्राहकहरुको भीड बढेको हो ।
ग्याजेट पारखीहरुले एक्सचेञ्ज मेलामा आफूलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आइफोन, आइप्याड, म्याकलगायतका उत्पादन किस्ताबन्दीमा किन्न पाउने छन् । त्यस्तै मोबाइल एक्सचेञ्जज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाउने अफरले पनि मेलाको आकर्षण बढाएको हो ।
९ हजार ९ सय ९९ रुपैयाँदेखि २ लाख ३४ हजार रुपैयाँसम्मका मोबाइल किन्न सकिने मोबाइल मेलामा ११ हजार रुपैयाँदेखि ३ लाख १५ हजार रुपैयाँसम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिन्छ ।
“मेलामा जस्तोसुकै पुरानो मोबाइलको पनि उचित मूल्य पाउनुका साथै सट्टा–पट्टा पनि गर्न सकिन्छ ।” सिटीसी मोबाइल हबका प्रबन्धक जीवन श्रेष्ठले भने । “मेलामा विश्व बजारमा पाइने सबै ब्रान्डका मोबाइल, ल्यापटप, क्यामेरा र म्याक किस्ताबन्दीमा किन्न सकिन्छ ।”
मेलामा विशेष छुटमा ग्याजेट्स किन्न सकिनेछ । ६० मिनटमा फेस टु फेस मोबाइल मर्मतको सेवा पनि मेलामा पाइने छ । निःशुल्क पार्किङको व्यवस्था गरेको मोबाइल हबले अवलोकनकर्तालाई लक्की ड्रबाट आकर्षक उपहार वितरण गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्