एनआईसी एशियाको डिबेन्चर बाँडफाँड «

एनआईसी एशियाको डिबेन्चर बाँडफाँड

एनआईसी एशिया बैकले बिक्री खुल्ला गरेको ३ अर्ब रुपैयाँ बराबरको डिबेन्चर बाँडफाँड भएको छ । ९ प्रतिशत ब्याजदर रहेको उक्त डिबेन्चर पुस १३ मा खुला गरिएको छ । बैकिङ क्षेत्रमा तरलता एवं व्याजदरको तीव्र उतारचढावको वावजुद पनि लगानीकर्ताहरुले उत्साहजनक सहभागिता जनाइ सम्पूर्ण डिबेन्चरका लागि आवेदन परेको विज्ञप्तिमा उल्लेख छ । विगतको दशकदेखि बैंकिङ क्षेत्रमा कायम रहेको व्याजदरको स्थितिलाई मध्यनजर गर्दा ७ वर्षको अवधिका लागि ९ प्रतिशत व्याजदरलाई लगानीका लागि उत्कृष्ट अवसरका रुपमा लिन सकिने बैंकले जनाएको छ । बैकले जारी गरेको नेपालकै हालसम्मकै सर्वाधिक उच्च राशीको डिबेन्चर नेपालको पूँजी बजारमा धितोपत्र बजारको विकासमा कोशेढुंगा सावित हुने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ । यसले देशको पूँजी बजार विकासमा सकारात्मक टेवा पुरायाउने अपेक्षा यस बैकले लिएको जनाइएको छ । निकट भविष्यमा उक्त डिबेन्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिनेछ, जस पश्चात दोस्रो बजारमा समेत यसको खरिद बिक्री कारोवार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्