पोषण सेवा विस्तार अभियान सार्वजनिक

राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसंघीय पोषण सेवा विस्तार अभियानको पाँच वर्षे रणनीति सार्वजनिक गरेको छ ।
सन् २०२१ देखि २०२५ को लागि पोषण सेवा विस्तार अभियानले एउटा निश्चित मार्गचित्र तयार गरी पोषण सेवा विस्तार अभियानको तेस्रो चरणको रणनीति सार्वजनिक गरेको गरिएको हो । यस रणनीतिमा नीतिगत तथा पैरवीको वातावरणलाई अझ सबल र दिगो बनाउने, कार्यक्रम सञ्चालनका लागि साझा प्राथमिकता विकास गर्ने, सदस्य राष्ट्रहरुको क्षमता निर्माण र सवलीकरण गर्ने र पोषण सेवा विस्तार अभियानको नेतृत्वले सम्बन्धित राष्ट्रको जिम्मेवारी र नेतृत्वलाई सशक्त र बलियो बनाउने उद्देश्य राखिएको छ ।
आयोगका उपाध्यक्ष प्राध्यापक डा पुष्पराज कडेलले सो रणनीति सार्वजनिक गरेका हुन् । मुलुकमा संघ, प्रदेश र स्थानीय तहमा नीति योजना र बहुक्षेत्रीय समन्वयमा सुधार ल्याउनका साथै पोषण विशेष तथा पोषण संवेदनशील सेवाहरुको उच्चतम प्रयोगले मातृ शिशु तथा किशोरीहरुको पोषणको स्थितिमा सुधार ल्याउने उद्देश्य राखी योजना आयोगले बहुक्षेत्रीय पोषण योजना सफल कार्यान्वयसँगै बहुक्षेत्रीय पोषण योजना अभियानका रुपमा सञ्चालन गर्न लागिएको हो ।
यस योजनाअन्र्तगत पोषण विशेष, पोषण संवेदनशील र समर्थन वातावरण बनाउने कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाएको आयोगले जानकारी दिएको छ । बहुक्षेत्रिय पोषण योजना दोस्रो कार्यान्वयनको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालमार्फत ५८ जिल्लाकामा ५८९ स्थानीय तहमा पुगको छ । पोषण सम्बन्धि कार्यक्रम तथा सेवालार्ई विश्वव्यापीरुपमा विस्तार गरी किशोरी, महिला तथा बालबालिकामा हुने सबै प्रकारका कुपोषणको अत्यका लागि संयक्त राष्ट्र संघको पहल र सदस्य राष्ट्रहरुको नेतृत्वमाको अवधारणमा पोषण सेवा विस्तार अभियान सन् २०१० बाट सुरु गरिएको थियो ।
बहुक्षेत्रीय पोषण योजनासँग सम्बन्धित मन्त्रालय, पोषण तथा खाद्य सुरक्षा सम्बन्धि विज्ञहरुको समुह, विकास साझेदार निकाय, जेनेभास्थित पोषण सेवा विस्तार सम्बन्धी विश्वव्यापी अभियानको सचिवालय, योजना आयोगका सदस्य उषा झाको अध्यक्षतामा सम्पन्न गोष्ठिमा पोषण सेवा विस्तार अभियानको रणनीति सार्वजनिकरण र बहुक्षेत्रीय पोषण योजनाको समीक्षा गरिएको छ ।