Logo

अर्थतन्त्रको दिगो विकासमा क्षेत्रगत योगदान

नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको दिगो विकासका निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्न, आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने काम गर्र्दै आएको छ । यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले अर्को अति आवश्यक काम गर्नुपर्ने देखिन्छ र त्यसको महसुस भइरहेको छ । त्यो हो, रेमिट्यान्स हेर्नका लागि रेमिट्यान्स महाशाखाको गठन ।
बैंकले महाशाखाको गठन गरी, रेमिट्यान्ससम्बन्धी सम्पूर्ण जिम्मेवारी सो शाखालाई दिन अब ढिलाइ गर्नु हुँदैन । अर्थात् नेपाल राष्ट्र बैंकलाई त्यो काम गर्न नेपाल सरकारले जिम्मेवारी तोक्न आवश्यक भइसकेको छ । कोरोनपछिको अवश्थामा जसरी विश्व बैक तथा केन्द्रीय बैंककै पनि अनुमान गलत साबित भयो यसबाट नेपाल राष्ट्र बैंकमा रेमिट्यान्स महाशाखा खोल्नु पर्ने र यसलाई मिहीन ढंगबाट अध्ययन गर्नुपर्ने आवश्यकता द्धmन् टड्कारो देखिन्छ ।
नेपाललाई अविकसित मुलुकबाट विकसित मुलुकमा रूपान्तर गर्न मुख्यतया तीन स्रोतसाधनको उच्चतम प्रयोग गर्नुपर्ने देखिन्छ । त्यसमा पहिलो हो, जलस्रोत । नेपाल ब्राजिलपछि जलस्रोतमा संसारकै दोस्रो धनी देश हो । जलस्रोतकै मद्दतबाट नेपालमा ८३ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने सिद्धान्तको कार्यान्वयन गर्नु आवश्यक छ । यही, जलस्रोतहरूको उचित प्रयोगले नेपाललाई अविकसित मुलुकबाट विकसित बनाउन सकिन्छ । तर, त्यस्ता जलस्रोत आज निश्चित छन् तर भोलि छिटो छिटो बद्लिँदो वातावरणीय प्रभावका कारण भविष्य कस्तो हुन्छ निश्चित गर्न नसकिएला । त्यसैले छिटो दोहन गर्नुकाृ विकल्प छैन ।
त्यस्तै अर्को महŒवपूर्ण स्रोत हो, पर्यटन । नेपाल प्राकृतिक रूपमा निकै सुन्दर पहाडी मुुलुक हो । हिमालको काखमा बसेको हाम्रो देश नेपालमा प्राकृतिक रूपमा नै पर्यटन पूर्वाधार तयार छन् । त्यसको उचित प्रयोग गर्न सकियो भने पर्यटन क्षेत्रबाट नै नेपालले मनग्य आम्दानी गर्न सक्छ ।
त्यसका लागि राज्य, समाज र त्यहाँ बस्ने नागरिक सबैले आफ्नो ठाउँबाट आवश्यक सरसहयोग गर्नुपर्ने देखिन्छ । पर्यटन क्षेत्रका आवश्यक पूर्वाधारहरू जस्तै खानबस्नका लागि होटल तथा होमस्टेको व्यवस्था तथा सहज यात्रा गर्न सडक यातायात तथा हवाई मार्गको व्यवस्था गर्नुपर्ने हुन्छ । पर्यटकीय क्षेत्रको पहिचान गरी पूर्वाधार निर्माण, त्यसको संरक्षण र प्रचारप्रसार गर्न सक्ने हो भने नेपाल विकसित बन्न पर्यटन क्षेत्रले महŒवपूर्ण भूमिका खेल्ने देखिन्छ ।
त्यस्तै तेस्रो स्रोत हो, मानव संसाधन । नेपाली युवा प्राकृतिक रूपमा नै जोसिला, जाँगरिला र सिर्जनशील हुन्छन् । अहिले पनि नेपाली युवायुवतीले संसारभर इमानदारीपूर्वक श्रमदान गरिरहेका छन् । त्यसैले पनि राज्यले त्यसलाई स्वीकार गरेको छ । कति श्रमिकलाई राज्यले नै सप्लाई गरेको छ भने कति आफैँ विदेशमा रोजगारीका लागि जाने, श्रमदान गर्ने र आर्थिक आयआर्जन गर्ने गरेका छन् ।
त्यसरी संसारभरि नै नेपाली युवाहरू श्रमिकका रूपमा गएर काम गर्ने गर्छन् । अझ हामीले मित्र राष्ट्रहरूको आवश्यकता, अन्य दातृ राष्ट्रहरूको आवश्यकतालाई महसुस गरेर त्यसैअनुसार भोकेसनल तालिमको व्यवस्था गर्ने, भाषामा दक्ष बनाउने हो भने त्यस्ता म्यानपावरहरूले लामो समय श्रम गर्न सक्छन् । उनीहरूले रोजगारदाता मुलुकहरूबाट रोजगारी पाउन सक्छन् । त्यसरी उनीहरूले कमाएको पैसा विपे्रषणको माध्यमद्वारा नेपाल प्रवेश हुँदा नेपालको आर्थिक उन्नतिमा धेरै ठूलो मद्दत पुग्ने देखिन्छ ।
देशलाई आर्थिक रूपले सुसम्पन्न गराउन सकिन्छ, तर त्यसका लागि राज्यको इच्छाशक्ति हुनु अति आवश्यक छ । यसमा केन्द्रीय बैंकले पनि उल्लेख्य भूमिका खेल्नुपर्छ । केन्द्रीय बैंकले विप्रेषण विभाग बनाएर त्यसका सन्दर्भमा अध्ययन अनुसन्धान आवश्यक सरसल्लाह गर्ने जस्ता कार्य गर्नु अति आवश्यक छ ।
नेपाल सरकारले ‘सरकार टु सरकार’ ‘एग्रिमेन्ट’ गरेर कोरियामा कामदारका रूपमा नेपाली युवाहरूलाई पठाउने काम गरिरहेको छ । त्यसरी कोरिया पठाएका नेपाली कामदारको तथ्यांक त्यहाँस्थित नेपाली राजदूतावासले राख्ने र को कुन अवस्थामा छ भन्ने कुराको जानकारी लिनु, पहिचान गर्नु, उनीहरूले पठाएको पैसा कुन मार्ग हुँदै नेपाल प्रवेश भएको छ वा छैन भन्ने कुराको जानकारी राख्नु आवश्यक छ ।
कोरियामा त्यहाँको सरकारले दुई दिन बिदा दिन्छ । त्यो दिन त्यहाँका सबै बैंकहरू बन्द हुन्छन्, जसका कारणले बैंकिङ माध्यमबाट नेपालमा विप्रेषण हुन समस्या भइरहेको छ । किनभने छुट्टीको दिनमा बैंकहरू खुल्दैनन्, अन्य दिनमा उनीहरूले पैसा पठाउन बैंकसम्म धाउने फुर्सद पाउँदैनन् ।
नेपाली राजदूतावासले आइतबार एक दिन कामदार भएको क्षेत्रमा बैंकिङ शाखा खुला राख्दिन पहल गर्ने । त्यहाँको केन्द्रीय बैंकसँग हाम्रो केन्द्रीय बैंकले समन्वय गर्ने र त्यहाँका लाइसेन्सिङ बैंक तथा वित्तीय संस्थालाई सम्बन्धित बैंक शाखाहरू खुला राखिदिन अनुरोध गर्ने हो भने त्यहाँका कामदारले आफ्नो बिदाको दिन बैंकमार्फत नेपाल पैसा पठाउन सजिलो हुन्छ ।
यदि यसो गरिएन भने कामले फुर्सद नभएको दिन कानुनी माध्यमबाट नेपाल पैसा पठाउन सम्भव हुँदैन । अनि हुन्छ पैसाको हुन्डी । ढोकाढोका घुम्नेवालाहरूले ती कामदारको पैसा हुन्डीमार्फत नेपाल भिœयाउँछन् । कामदारहरू पनि आफ्नो आम्दानी हुन्डी गराउन बाध्य छन् । कति हुन्डीवालाहरू त हुन्डीका लागि रकम संकलन गर्ने, क्यासिनोमा हार्ने, आत्महत्या गर्नेसम्म गरेका खबरहरू छन् । त्यसो गर्दा त्यो कामदारको पैसा डुब्न जान्छ । त्यस्तै कति श्रमिकहरूले आफूले कमाएको पैसा हुन्डीवालाले खाइदिँदा डिप्रेसनको सिकारसमेत भएका छन् । यसै कारणले आत्महत्यासम्म गरेका उदाहरणहरू पनि धेरै छन् ।
यो समस्यालाई नेपाल सरकारले तत्काल बुझ्नु जरुरी छ । सरकारले बुझेर केन्द्रीय बैंकलाई निर्देशन दिने । केन्द्रीय बैंकले कोरियाको केन्द्रीय बैंकसँग समन्वय गरेर त्यहाँका बैंक–वित्तीय संस्थाहरूले बिदाका दिन पनि शाखाहरू खोलिदिने र श्रमिकहरूलाई बैंकिङ सुविधा उपलब्ध गराइदिने कुरा नेपाल सरकारले दूतावासमार्फत किन नगरेको अथवा केन्द्रीय बैंकले समन्वय गरेर किन नखोलाएको ? त्यहाँका कामदारहरूलाई गैरकानुनी बाटो प्रयोग गर्ने बाध्यता किन पारेको ? यसलाई तत्काल निराकरण गर्नुपर्छ ।
हुन्डी च्यानलहरूहरू बाध्यताले प्रयोग हुन्छन् वा खुसीले ? हुन्डी गर्ने बदमासहरूले कसरी हुन्डी गराउँछन् । यसको अनुसन्धान, पहिचान र निराकरण गर्न राज्यद्वारा पहली हुन अति आवश्यक छ । नेपाल सरकार, अर्थमन्त्रालयले पनि यस कदममा नेपाल राष्ट्र बैंकलाई साथ दिनु अत्यन्तै जरुरी छ ।
त्यस्तै विदेशबाट आउने विप्रेषणमा अर्को समस्या पनि छ । कतिपय ठाउँका बैंकिङ च्यानलबाट कारोबार हुने विप्रेषणमा गैरनेपाली पार्टीहरूले अनावश्यक विवाद निकाल्ने, रकमलाई अड्काइदिने गरेको सुन्दै आइएको छ । त्यहाँको न्यायपालिका, सरकार तथा पुलिस प्रशासन सबै विदेशीका लागि बायस देखिने गरेको गुनासो पनि सुनिन्छ । यस्ता समस्याहरू कतिपय मुलुकबाट नेपालका रेमिट्यान्स भिœयाउने कम्पनी, बैंक तथा वित्तिय संस्थाले भोगिरहेको देखिन्छ । तर, केन्द्रीय बैंकको कारबाहीमा परिएला भन्ने डरले तथा विदेशी मुद्रा अपचलनको कारबाहीमा परिएला भनेर उनीहरूले त्यो कुरा बाहिर ल्याउन सक्दैनन् । यस्तो समस्या छ÷छैन भनेर हेर्नु । समस्या भए त्यहाँको केन्द्रीय बैंकसँग समन्वय गरेर सल्टाउन सहयोग गर्नुपर्ने देखिन्छ । तर, अहिलेसम्मको अवस्था हेर्दा हाम्रो केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले यसतर्फ खासै ध्यान दिएको देखिँदैन ।
यस्ता समस्याले देशकै अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने भएकाले यसको समाधान गर्नु जरुरी छ । राष्ट्र बैंकले यसमा केही काम गर्दै नगरेको भन्ने पनि होइन । एकदुई केसमा राष्ट्र बैंकको मद्दत लिएको देखिन्छ । तर, त्यो पर्याप्त छैन । त्यसले यो समस्या निराकरण गर्न सक्दैन । त्यसैले हालका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले यो समस्यालाई बुझ्नेछन् जस्तो लाग्छ । उनले यो समस्याको निराकरण गर्लान् । अहिलेसम्म त्यसतर्फ ध्यान पुगेको छैन भने ध्यान पुग्नु जरुरी छ । विप्रेषण सेवामा केन्द्रीय बैंकले ध्यान पु¥याउन, निगरानी राख्न र गैरकानुनी बाटोबाट हुने हुन्डी न्यूनीकरण गर्न भूमिका खेलोस् ।

प्रतिक्रिया दिनुहोस्