तङ्रिँदै गरेको पर्यटन क्षेत्र «

तङ्रिँदै गरेको पर्यटन क्षेत्र

करिब एक वर्ष पर्यटक शुन्य अवस्थाबाट नेपालमा पर्यटक आउने क्रम सुरु भएको छ । २०७८ सालमा परिस्थितिअनुकुल भए पर्यटक आगमनको दर बढ्ने निश्चित छ ।
तर, गत वर्ष भने पर्यटन उद्योगका लागि कालो वर्ष नै रह्यो । सन् २०१९ को अन्त्यमा चीनबाट सुरु भएको कोभिड–१९ का कारण पर्यटन क्षेत्रलगायत सबै क्षेत्र सुनसान रहे । सरकारले २० लाख पर्यटक ल्याउने महत्वकांक्षासहित भव्य रुपमा घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० कोभिड–१९ का कारण उद्घाटन भएको ४ महिना पछि स्थगन गर्नुप-यो । भूकम्प र नाकाबन्दी पछि लयमा फर्कँदै गरेको पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीसँगै सरकारले घोषणा गरेको कार्यक्रम मात्र स्थगन नभएर पर्यटन क्षेत्रको खर्बौं लगानी धरायासी बन्ने अवस्थामा पुग्यो । करिब १ वर्ष पछि लयमा फर्कँदै गएको पर्यटन क्षेत्र पछिल्लो समय विकसित हुँदै गएको यूके भेरियन्टको (कोभिड) प्रभावले देशभर संक्रमितको संख्या थपिन थालेपछि पर्यटन क्षेत्र त्रसित छ ।
दैनिक बढिरहेको संक्रमितको तथ्याङक हेर्दा सरकारले जुनसुकै समयमा कठोर निर्णय लिनसक्ने भएकाले पर्यटन क्षेत्र अन्योलमा रहेको ट्रकिङ एजेन्सिज् एसोसिएसन अफ नेपालका महासचिव सरिता लामा बताउम्छिन् ।
करिब १ वर्षदेखि थलिएको पर्यटन क्षेत्र क्रमिक रुपमा सुधार हुन लागेको अवस्थामा हालको व्यवसाय भरथेक भएको र आशा पलाएको लामाको भनाइ छ । “सरकारले सबै किसिमको स्वास्थ्य मापदण्ड अपनाएर पर्यटक आगमनलाई सहजिकरण गर्नु पर्छ” उनले भनिन्, “यसलार्य कसरी प्रभावकारी कार्यान्वयन गर्ने भन्नेमा जोड दिनुपर्छ ।”
पर्यटन विभागले २०७७ सम्म १ पाँचतारे डिलक्स, १५ पाँचतारे, १८ चारतारे, ३२ तीन तारे, ४२ दुई तारे, ३४ एकतारे र अन्य रिसोर्ट र पर्यटक स्तरिय गरी कुल ३ सय २५ भन्दा बढी दर्ता भएका छन् । यस वर्ष मात्र विभागमा करिब ३० भन्दा बढी तारे होटल तथा रिसोर्ट सञ्चालनका लागि दर्ता भएका छन् । हाल सबै होटलमा पर्यटको संख्या न्यून रहेको र होटलहरु पनि आंशिक रुपमा मात्र सञ्चालन गर्नु परेको व्यवसायीहरुको भनाइ छ ।
गत वर्ष भने लकडाउनको कारण पर्वातारोहण शुन्य भएपनि यस वर्ष समान्य समयमानै जस्तो हिमाल आरोहणका लागि पर्यटन विभागले अनुमति प्रदान गरेको छ । विभागले जारी सिजनमा सगरमाथासहितका हिमाल आरोहणका लागि सोमबारसम्म ५ सयको हाराहारीमा आरोहण अनुमति जारी गरेको छ । पर्वातारोणमा यस वर्ष कोभिडअघिकै संख्यामा आरोही आउने अनुमान लामाको छ, त्यसैले सरकारले स्वास्थ्य मापदण्ड पालना गरी पर्यटन आगमनमा सहजिकारण गर्नु पर्ने उनको जोड छ ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२० मा २ लाख ३० हजार मात्र पर्यटन आगमन भएको छ । सन् २०१९ करिब १२ लाख ५२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९को तुलनामा सन् २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने यात्रुको संख्यामा ६५ प्रतिशतले कमि आएको छ । यो संख्या आन्तरिक र बाह्य उडानमा विमानस्थलमा उडान र अवतरण गरेको यात्रुको संख्या भएको विमानस्थल कार्यालयले जनाएको छ । सन् २०१९ मा विमानस्थलमा कुल ७३ लाख ५५ हजार ९९ सय यात्रुले विमानस्थल प्रयोग गरेका थिए भने सन् २०२० मा २५ लाख ६२ हजार ८ सय ६५ यात्रुको उडान तथा अवतरण भएको थियो ।
कोभिड–१९ले अन्तर्राष्ट्रिय र आन्तरिक व्यावसायिक उडानमा रोक लगाउँदा यात्रुको संख्यामा कमि आएको थियो । सरकारले करोना भाइरसको रोकथामको लागि गत चैत्र ९ गतेबाट (मध्यरात) अन्तर्राष्ट्रिय उडानमा र आन्तरिकमा ११ गतेबाट प्रतिबन्ध लगाएको थियो । सरकारले अन्तर्राष्ट्रिय व्यावसायिक उडान भदौ १६ र आन्तरिक उडान असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।
करिब ६ महिना व्यावसायिक उडानमा कमि आउँदा यात्रुको संख्यामा कमि आएको हो । यता आन्तरिकमा उडामा भने भने सन् २०१९ को तुलनामा ५४ प्रतिशतले कमि आएको छ । सन् २०२० मा १४ लाख ५७ हजार ५ सय ३९ र सन् २०१९ मा ३१ लाख ६७ हजार ३६ यात्रुले विमानस्थल प्रयोग गरेका छन् । जसमा ४८ हजार ८ सय ५७ उडान भएका थिए । पछिल्लो समय भने आन्तरिक र बाह्य उडानमा यात्रु र उडान संख्या बढेर गएको विमानस्थल कार्यालयले जनाएको छ । तर पर्यटक आगमन न्यून हुँदा ११ हेलिकोप्टर कम्पनीको ३६ हेलिकोप्टरको आम्दानी करिब १ वर्षदेखि शुन्यको निजी वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलको भनाइ छ । सामान्य अवस्थमा एक हेलिकोप्टर कम्पनीले ३५ करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्दै आएका थिए । केही कम्पनीले टिकाइ राख्न आन्तरिक पर्यटकको सेवामा उडान भरिरहेको भएपनि अधिकंश हेलिकोप्टर ग्राउण्डेड अवस्थामा रहेकाले कँडेलको भनाइ छ ।
सन् २०२१ को मार्चमा आन्तरिकतर्फ हवाई यात्रुको संख्या साढे ३ लाख हाराहारी पुगेको छ भने आन्तर्राष्ट्रियतर्फ १ लाख २५ हजार यात्रुले यात्रा भरेका छन् । लकडाउन पछि आन्तरिक उडान पुरानै लयमा फर्किएको भएपनि अन्तर्राष्ट्रिय उडानमा भने कोभिड–१९ को नियन्त्रणका लागि जारी रहेको मापदण्डका कारण पर्याप्त उडान हुन नसक्दा अन्तर्राष्ट्रिय उडान भने प्राभावित हुँदै गएको छ ।
विभागीय मन्त्री भानुुभक्त ढकालले कोभिड–१९ कारण पर्यटक आगमनमा स्वास्थ्य मापदण्ड पालना पर्यटक भित्र्याउन लागि परेको बताए । स्वास्थ्यको विषयमा हामीले प्रयाप्त सुरक्षाको सुनिश्चिता प्रदान नगरेसम्म पर्यटक आगमना उल्लेख्य सुधार नहुने जानकारहरुको भनाइ छ । मन्त्री ढकालले कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गर्ने समेत बताउँदै आएका छन् । तर गत वर्ष सरकारले ल्याएको पर्यटन क्षेत्रको पुर्नरुत्थानका लागि ल्याएको ५० अर्बको कोषको प्रभावकारी कार्यान्वयन नहुँदा सहुलियत कर्जा नपाएको र यस वर्ष पनि सरकारले राहतको कार्यक्रम ल्याउनेमा आश्वस्त हुन सकेको अवस्था छैन । होटल संघ नेपाल(हान)ले १५ खर्बको लगानी भएको होटल उद्योगमा करिब ५ लाखलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको तथा १० लाखलाई अप्रत्यक्ष रोजगारी प्रदान गरेको होटलहरु पूर्णरुपमा बन्द हुँदा प्रतिमहिना १ अर्ब ८० करोडको घाटा बेहोर्नु जनाएको छ । कोभिड–१९ का कारण होटलहरुले व्यापार व्यवसाय र पर्यटक आगान बन्द हुँदा होटल क्षेत्रलाई मासिक १ अर्ब ८० करोड रुपैयाँ बराबरको बेहोर्नु परेको हानको भनाइ छ ।
तङ्ग्रिँदै गरेको हवाई तथा पर्यटन क्षेत्रमा पनि संकुचन आएमा फेरि सञ्चालनमा नआउने गरी कयौं पर्यटन व्यवसाय बन्द हुने क्षेत्रीय होटल संघ पोखरा च्याप्टरका अध्यक्ष विकल तुलाचन बताउँछन् । कोभिड–१९का कारण पर्यटनसँग सम्बन्धित करिब ३० प्रतिशत व्यवसाय हाल बन्द भएको र फेरि पनि पर्यटन क्षेत्र चलयलमान हुन नसके त्यो प्रतिशतको संख्या दोब्बर हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्