Logo

जेफ बेजोस बने इतिहासकै धनी

जेफ बेजोस इतिहासकै धनी भएका छन् । सोमबारसम्मको अवधिमा अमेजनका सीईओको कुल सम्पत्ति १०५.१ अर्ब डलर पुगेको ब्लुमबर्गले जनाएको छ । उनको यो सम्पत्ति माइक्रोसफ्टका संस्थापक बिल गेट्सले यो भन्दा अघि बनाएको भन्दा पनि बढी हो ।
विश्वका धनीहरुको कुल सम्पत्तिको लेखाजोखा गर्दैै आएको फोब्र्सले उनको सम्पत्ति १०४.४ अर्ब डलर मात्रै भएको जनाएको छ ।
बेजोसकोस सम्पत्तिको ठूलो हिस्सा अमेजनबाट आएको छ । अमेजनमा रहेको उनको सेयर संख्या ७ करोड ८९ लाख रहेको छ । सोमबार अमेजनको सेयरको मूल्यमा १.४ प्रतिशतले वृद्धि भएको थियो । यो वृद्धिसँगै उनको कुल सम्पत्तिमा १.४ अर्ब डलरको वृद्धि भएको थियो ।
यो वर्षको हालसम्मको अवधिमा अमेजनको सेयरमा झन्डै ७ प्रतिशतको वृद्धि भएको छ । गत वर्ष फर्मको सेयरमा ५६ प्रतिशतको वृद्धि भएको थियो ।
बेजोसको अन्य सम्पत्ति वासिङटन पोष्ट र अन्तरिक्षमा पर्यटक लैजाने निजी अन्तयरक्ष यात्राको व्यवसाय गर्दैै आएको ब्लू आरिजिनमा रहेको छ ।
विश्वकै धनीको उपाधी बेजोसले जुलाईमा पाएका थिए । उनले उक्त समयमा थोरै सम्पत्तिको अन्तरले बिल गेट्सलाई पछि पारेका थिए । अक्टुबरमा पुनः गेट्नै अघि परेका थिए । उनले पहिलो पटक १०० अर्ब डलरको सीमा नोभेम्बरमा पार गरेका थिए । उनलाई फेरी अमेजनको सेयर मूल्यमा भएको वृद्धिले माथि पुरायाएको छ ।
माइक्रोसफ्टका संस्थापकको कुल सम्पत्ति हाल ९१.९ अर्ब डलर भएको फोब्र्सले जनाएको छ । ब्लूमबर्गले उनको सम्पत्ति ९३.३ अर्ब डलर भएको जनाएको छ । फोब्र्स र ब्लूमबर्ग दुवैको सूचीमा गेट्स दोस्रो धनी भएका छन. ।
फोब्र्सले गेट्सको सम्पत्ति १९९९ को अप्रिलमा १०० अर्ब भन्दा थोरै माथि भएको जनाएको थियो । मुद्रास्फीतिको समायोजनका आधारमा १९९९ को उनको सम्पत्ति हाल १४८ अर्ब डलर हुन आउछ ।
गेट्से माइक्रोसफ्टको ७० करोड सेयर परोपकारी काममा दान गरेको ब्लूमबर्गले जनाएको छ । हालका आधारमा उको यो सम्पत्ति २.९ अर्ब डलर हुन आउछ । यो सहित उनको कुल सम्पत्ति १५० अर्ब डलर हुन आउछ ।

 

प्रतिक्रिया दिनुहोस्