मस्तिष्क घातबाट प्रभावित कायस्थको उपचारमा सहयोग गर्न पोखरेली जुट्दै «

मस्तिष्क घातबाट प्रभावित कायस्थको उपचारमा सहयोग गर्न पोखरेली जुट्दै

पोखरा जन्मेका र कर्मथलो काठमाडौं बनाएका ४५ वर्षीय प्रताप कायस्थको जीवन रक्षाका लागि पोखरेलीहरू एक जुट भएका छन् । पोखरा ३ का कायस्थ ब्रेन हेमरेज (मस्तिष्क घात) बाट प्रभावित भई हाल आर्थिक अभावमा उपचार गर्न कठिनाई भए पछि उनको जीवन रक्षाको लागि पोखरेलीहरू एक जुट भएका हुन् ।
कायस्थलाई बचाउन आवश्यक पर्ने आर्थिक सहयोग जुटाउन पोखराका युवा सहित विभिन्न व्यक्तिहरू एक जुट भएका हुन् । अष्टमान प्रधानाङ्गको अध्यक्षतामा प्रताप कायस्थ सहयोग समिति समेत समेत गठन भएको छ । समितिका अध्यक्ष प्रधानाङ्गले कायस्थको उपचारमा आवश्यक पर्ने रकम जोहो गर्न आफूहरूले स्वदेश तथा विदेशमा रहेका नेपालीहरू समक्ष नै आव्हान गरिएको जनाए । एक नेपालीलाई परेको आर्थिक भार सवैको सानो सहयोगले उनको जीबन रक्षा हुने उनले जनाए ।
नेवाः देय दवु कास्की र पोखराको भिन्तुना युवा क्लवले कायस्थको उपचारका लागि सोमबार आर्थिक सहयोग हस्तान्तरण समेत गरेका छन् । भिन्तुना क्लवले ३० हजार २ सय ७३ नगद र ३४ हजार १ सय ९ रुपैया डिजिटल सिस्टममार्फत खातामा जम्मा भएको रकम कायस्थ परिवारलाई क्लवका अध्यक्ष राजन श्रेष्ठले सोमबार पोखरामा हस्तान्तरण गरेका हुन् । त्यस्तै नेवाः देय दवु कास्कीले कायस्थ परिवारको उपचारको १० हजार रुपैया नेवाः दवु कास्कीका अध्यक्ष अष्टमान प्रधानाङग, गण्डकी प्रदेश अध्यक्ष विश्णुशंकर ख्वाउजुले कायस्थ परिवारलाई सहयोग हस्तान्तरण गरेका हुन् । प्रताप कायस्थ सहयोग समितिको अन्य सदस्यहरूमा दिपु भारी, सुनिल उलक, बिष्णुशंकर ख्वाउजु, किरण तमारी, भाष्कर ध्वज श्रेष्ठ, अजय सुवाल, राजन श्रेष्ठ, खेम श्रेष्ठ, अनिस सु्वास र किरण उदास छन् ।
हाल आफ्नो जीवनरक्षाका लागि सहयोगी दाताहरू समक्ष प्रताप कायस्थले आह्वान गरेका छन् । रोजगारका लागि विदेश गएका कायस्थ आफ्नी छोरीलाई गुमाएसँगै स्वदेश फर्कियर काठमाण्डौंमा भाडा पसल संचालन गर्दै आउने क्रममा लकडाउनको समयमै एकाएक बेहोस भई बिरामी भई थलिएका उनी हाल आफ्नो उपचारको लागि सहयोगको हात फैलाएका छन् । पोखरा ३ स्थित राम कायस्थ आफ्न्तको घरमा हाल आश्रय लियर बसेका उनको हालसम्म उपचारमा करिब १५ लाख जसो खर्च भई एक लाख ऋण भएकोले हाल दैनिकरूपमा औषधि उपचार गर्न आर्थिक अभाव भएकोले उपचारमा सहयोग गर्न कायस्थले आग्रह गरेका छन् । विस्तारामै लड्ने गरी थलिएका कायस्थले आफ्नो उपचार पश्चात निको भएमा जीवनभरि सामाजिक सेवा गर्ने इच्छा भएको भावना व्यत्त गरे ।
प्रष्टसँग बोल्न र हिँडडुल गर्न नसक्ने गरी थलिएका कायस्थाको रेखदेखमा उनका १३ बर्षीय छोरा अर्जुन श्रेष्ठ आफ्नो पढाई छाडेर बाबुको रेखदेखमा लागेका छन् । पहिले बाबुको उपचार त्यस पछि मात्र मेरो भविश्य हेर्नु पर्ला भनेका अर्जुनले आमाको आम्दानी नभएको र बाबुको रेखदेखमा चौबिसै घण्टा खटिनु परेकोले पढाइभन्दा बाबुको स्वास्थ्य ठुलो भएकोले बाबुको उपचारमा लागेको बताए । कक्षा ६ मा अध्ययनरत अर्जुन साथी भाइहरूले बिद्यालय जाउँ भन्दा बाबुको अनुहार हेरेर चित्त बुझाउने गरेको बताए ।
कोरोनाको कारण देशमा लकडाउन भएको अबस्थामा हात खुट्टा झमझम पार्दै एकाएक बेहोस भए पछि विभिन्न अस्पतालमा पुराउदै उनको उपचार गर्दै आउँदा हाल एक लाख ऋण नै पुगेको कायस्थकी श्रीमती तिल माया श्रेष्ठले बताइन् । कायस्थ प्यारालाइसिस भएको हुँदा उनलाई अपाङगताको प्रमाण पत्र हुदा उपचारमा खर्च कम हुने भएकाले उनी पोखरा आएका हुन् । कायस्थको औषधि तथा दैनिक फिजियो थेरापी गर्नु पर्दा करिब १ हजार ५ सयदेखि २ हजार खर्च लाग्ने भएको उनकी श्रीमती श्रेष्ठले बताइन् ।

प्रतिक्रिया दिनुहोस्