नयाँ सरकार गठनमा हलो अड्केको सांसदहरूको प्रतिक्रिया «

नयाँ सरकार गठनमा हलो अड्केको सांसदहरूको प्रतिक्रिया

sf7df8f}F, #) r}t . k|ltlglw;efsf] ;f]daf/ a;]sf] a}7s .

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले जनता समाजवादी पार्टीले निर्णय गर्न नसक्दा नयाँ सरकार गठनमा हलो अड्केको बताए ।
सोमबार प्रतिनिधिसभाको बैठकपश्चात सञ्चारकर्मीहरू माझ प्रतिक्रिया दिदैँ सांसद थापाले जनता समाजवादी पार्टीले निर्णय गर्न नसक्दा नयाँ सरकार गठनको बाटो नखुलेको बताए । जसपाको अनिर्णयका कारण सरकार गठनको हलो अड्किनाले वर्तमान व्यवस्था र संसदमाथि नै प्रश्न उठ्ने अवस्था आएको बताए । जसपाले ओली नेतृत्वको सरकारमा जाने कि विकल्प खोज्ने स्पष्ट निर्णय गर्नुपर्ने पनि बताए । उनले भने, ‘जसपाले धेरै घुमाउरो कुरा गर्नुहुँदैन । तपाईंहरू प्रधानमन्त्री ओलीलाई समर्थन गर्नुछ, सरकार बनाउनुछ, गर्नुस् । जानुस् । निर्णय गर्नुस् । तपाईहरूलाई विकल्प खोज्नुछ, आउनुस् । तपाईंहरूलाई आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने छ भने राख्नुस् न त हिम्मत गर्नुस् । त्यसैले यो ट्याउँट्याउँ, म्याउँ म्याउँ गरेर धेरै अर्थ छैन ।’
सांसद थापाले जसपाले प्रधानमन्त्री ओलीको सेवा गरिरहेको टिप्पणी समेत गरे । जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले सरकारको विकल्प खोज्न पहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बाटो खोल्नुपर्ने बताए । अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अथवा समर्थन फिर्ता लिएर बाटो निर्माण गर्नुपर्ने बताए । सांसद कर्णले आफ्ना नेता, कार्यकर्तालाई जेलभित्रै राखेर झन्डा हल्लाउने काम जसपाले नगर्ने पनि स्पष्ट पारे । उनले भने, ‘हामी बेला आएपछि आफ्नो निर्णय गर्छौ । कसैले जुनबेला भन्नुहुन्छ त्यहीबेला निर्णय गर्ने त हुँदैन नी । पहिले त बाटो खोल्नुप¥यो नि त । अविश्वासको प्रस्ताव ल्याउनुप¥यो । या समर्थन फिर्ता लिनुप¥यो । कसैले केही नगर्ने खाली हामीले निर्णय गर्ने ? हाम्रो निर्णय मात्रै खोजिराख्ने ? काम गरेर देखाओस् अनि हामी कसैको साथ दिन्छौँ ।’
नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले वितरण गरेको विभूषणमा नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा नसमेटिएको सम्बन्धमा संसदमा विरोध भएको र त्यसमा सरकारको ध्यानाकर्षण भएको बताए । उनले भने, ‘सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । जुन सरकारले, जुन प्रधानमन्त्रीले त्यो नक्सा पारित गराउनको लागि यत्रो ठुलो चुनौतीको विचमा सिंगो देशलाई सर्वसम्मत् गराएको छ । त्यो सरकार यस्ता कुराहरूप्रति गम्भिर छ । त्यसैले सदनमा जे उठेको छ, त्यसप्रति सरकारको गम्भिर ध्यानाकर्षण भएको छ ।’
उपनेता नेम्वाङले वर्तमान सरकारको विकल्पमा विपक्षी दलहरूले गरेको छलफल र भेटघाटहरूलाई स्वभाविक भएको टिप्पणी समेत गर्नुभयो । मुलुक अप्ठ्यारो परिस्थितिमा रहेको भन्दै उनले जटिलताबाट देशलाई निष्कर्षमा पु¥याउन आफूहरू छलफलमा रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्