वाम विरोधीलाई सफल हुन दिन्नँ : ओली «

वाम विरोधीलाई सफल हुन दिन्नँ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी विरोधीहरुलाई सफल हुन नदिने बताएका छन् ।
नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनका नाममा नक्कलि कुरा गर्नेहरु सलबलाई रहेको बताएका हुन् ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालतर्फ इंगित गर्दे उनले विगतमा विभिन्न किसिमका सपना बाँडेर युवाहरुलाई युद्धमा लगाउनेहरु नै अहिले लोकतन्त्र र अग्रगामी कदम विरुद्ध लागेको दाबी गरे । झण्डै दुई तिहाईको पार्टी फुटाएर वर्तमान सरकार ठाल्नका लागि अरुसँग विन्ति गर्दै हिँडेको भन्दै उनले दाहालप्रति व्यंग्य गरे ।
आफूहरुले जिताइदिएकाले अहिलेको हैसियत प्राप्त भएको भन्दै उनले केही दिनमा त्यो हैसियत पनि खोस्ने चेतावनी दिए । उनले नेकपा एमाले, कम्युनिष्ट, वामपन्थी र देश बनाउनेसँग नमिलेर दुई तिहाईको सरकार ढलाएर कम्युनिष्ट आन्दोलन समाप्त पार्न उद्यत रहेको दाबी गरे । माओवादी अध्यक्ष दाहालतर्फ इंगित गर्दै उनले लोकतन्त्रविरुद्ध क्रान्तिका सपना देखाएर युद्धमा लागेको र कयौलाई पीडा दिएकाहरु नै मैले आफ्नालाई छोडेर अरुसँग मिलेछु भनेर भन्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्