नयाँ वर्षमा पोखराका होटलमा ४० प्रतिशत छुट «

नयाँ वर्षमा पोखराका होटलमा ४० प्रतिशत छुट

The scenic walking trail across the Annapurna mountain range in central Nepal has been pulling domestic thrill-seekers in droves. SHUTTERSTOCK

पोखरा-नेपाली नयाँ वर्ष २०७८ को अवसरमा पोखराका होटल व्यवसायीहरुले पर्यटकहरुलाई आकर्षण गर्न छुट प्याकेज दिने भएका छन् । पश्चिमाञ्चल होटल संघले पोखरा क्षेत्रका पर्यटकीय स्तरिय होटल आवासमा २० देखि ४० प्रतिशतसम्म छुट दिने भएको संघका अध्यक्ष विकल तुलाचनले बताए ।
संघले नयाँ वर्षको अवसरमा आयोजना गर्दै आएको फेवा नववर्ष महोत्सव पनि कोरोनाको कारण नहुने भएपछि संघले आगन्तुक पाहुनहरुलाई क्यूआर कोडमार्फत होटलमा भुक्तानी गर्दा ४० प्रतिशत छुट दिने भएको अध्यक्ष तुलाचनले बताए । कोरोनाका कारण नगद कारोबार भन्दा डिजिटलाइज सिस्टमको समेत प्रयोगलाई प्रोत्साहन गर्न संघमा आबद्ध होटलको आवासमा उक्त छुटसहित फोन पे कम्पनीले २५ प्रतिशत अर्थात अधिकतम ५ सय रुपैयाँ नगद दिने भएको छ ।
नेपालमा पनि दोश्रो चरणको कोरोनाको प्रभाव पर्न थालेसँगै आफूहरुले सकेसम्म स्वास्थ्य मापदण्ड पालना गराउँदै पर्यटकहरुलाई आदर सत्कार गर्दैै आएको उनले जनाए । कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न चैत ३१ र १ गते होटल आवासमा दिइने छुट प्याकेजले पोखरामा पर्यटनको थप आकर्षण हुने संघका अध्यक्ष तुलाचनले बताए । गत वर्ष चैत ११ देखि लकडाउन हुँदै होटल क्षेत्र गत असोज १५ देखि खुल्ला भए पनि प्रायः सार्वजनिक विदामा पोखरामा घुम्न निस्कने पर्यटकको संख्यामा विस्तारै वृद्धि हुँदै आएको उनले जनाए ।
गण्डकी प्रदेश सरकारले कोरोनाबाट प्रभावित भएका व्यवसायीहरुका लागि ल्याएको एक अर्बको व्यवसाय जीवन रक्षा कोषबाट केही व्यवसायीलाई राहत हुने भएको तुचालनले जनाए । उनले आउँदो बजेटले पनि स्थानीय, प्रदेश र संघीय सरकारको व्यवसायीहरुको पुनरुत्थानका लागि राहत प्याकेज कार्यक्रम ल्याउन आग्रह गरे ।
पोखरामा पछिल्लो समयमा विद्यालय, क्याम्पस, सहकारीसहितका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु पोखरा क्षेत्रमा घुमघाममा आउने थालेको अध्यक्ष तुलाचनले जनाए । पोखरामा हाल ८ देखि १० प्रतिशत मात्र आन्तरिक पर्यटक रहेको उनले बताए । अन्य समयमा भने नेपाली नयाँ वर्षको अवसरमा पोखराका होटलमा अग्रिम बुकिङसहित ८५ प्रतिशत

प्रतिक्रिया दिनुहोस्