Logo

चेपाङ परिवारमा गरिबीको प्राकाष्ट

गजुरी: १६ वर्षिया प्रमिला चेपाङको तस्वीर हेरेपछि कसको आँखा नरसाउनला ? गत कार्तिकसम्म ३८ केजी तौल भएकी प्रमिला चैत्र महिना अन्तिममा अस्तिपञ्जर मात्र बाँकी रहने गरी अस्वभाविक रुपमा तौल घट्नु सामान्य कुरा होइन । तर अभाव, गरिबी र चेतना अभावमा उनी अहिले जीवन मरणको दोसाधमा छिन ।
बेनीघाट रोराङ गाँउपालिका वडा नं. ४ हटुवाडाँडा घर भएकी प्रमिलाको आर्थिक अवस्था निकै कमजोर छ । उनको परिवारमा ७ जना छन् । उनी काकाको घरमा बस्दै आएकी थिइन । उनका भाइले किन अरुको घरमा बस्छेस भने पछि उनी घर आइन । केही समय उनी मामाघर गई । मामा भर हुदाँ विरामी परेकी उनी विस्तारै गल्दै गइन । विरामी अवस्थामै माघमा घरबाट घर आएकी उनी झन झन गल्दै गईन । न उपचार न पोषिलो खाना खान पाइन । उनका काका राकेश चेपाङले स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार आफुले गराएको बताँउछन् । उनको परिवार आर्थिक रुपमा निकै कमजोर रहेकाले उपचार गराउन नलगेको राकेशले बताए । प्रमिलाको बुबा सन्त बहादुर चेपाङ मदिरामा बढी रमाउने भएका कारण पनि प्रमिलाको स्वास्थ्य अवस्था नाजुक भएको राकेशले बताए । उनीहरुको परिवारलाई चार महिना जति मात्र खान पुग्छ । बाकी समय ज्याला मजदुरी गरेर आनु पर्ने हुन्छ ।
चैत २४ गते प्रमिलाको अवस्था वारे जानकारी पाए पश्चात तत्काल उद्धार गरेर कान्ति वाल अस्पताल पु-याएको शान्ति नेपालकी सीता सेढाईले बताई । शान्ती नेपाल पोषण सुधारको क्षेत्रमा काम गर्ने संस्था भएकाले उद्धार गरेर उपचार गराउन अस्पताल पु-याएका हो । खासगरी पाँच वर्षमुनीका वालवालिका र आमाहरुको पोषण सुधारमा काम गर्ने भएपनि प्रमिलाको अवस्था देखि र उद्धार गरेको सेढाइले बताईन । पानी निल्न नसक्ने अवस्थामा कान्ति वाल अस्पताल पु-याएकी प्रमिला अंगुर, जुस खान थालेकी छिन भन्छिन प्रमिलालाई उस्पताल पु-याउन गएकी शान्ति नेपालकी गोमा पण्डित । डाक्टरहरुले प्रमिलाको अवस्था सुधार आउने बताएका छन् । तर उनको उपचार गराउन सरकारी सुविधाले मात्र पुग्ने अवस्था छैन । प्रमिला पूर्ववत अवस्थामा फकन अस्पतालको उपचार पश्चात पनि निकै लामो समय लाग्ने अनुमान गरिएको छ । प्रमिलाका काका राकेश अहिले उपचार खर्च कसरी जुटाउने भनेर भौतारी रहेकाछन् ।
बेनीघाट रोराङ गाँउपालिका स्वास्थ्य शाखा प्रमुख शंकरवावु ढुवाडीसंग सम्पर्क गर्दा मैले पनि शान्ती नेपालले उद्धार गरेपछि सामाजिक सञ्जाल मार्फत जानकारी पाएको बताए । अहिलेकये अवस्थामा पनि कुपोषणले गाँज्नु दुखद भएको ढुवाडीले बताए ।

प्रतिक्रिया दिनुहोस्