कुपोषण घटाउन पुनस्र्थापना गृह सञ्चालन «

कुपोषण घटाउन पुनस्र्थापना गृह सञ्चालन

जुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कर्णालीका कुपोषित बालबालिकालाई सुपोषित बनाउन पोषण पुनस्र्थापना गृह सञ्चालन गरेको छ । प्रतिष्ठानको कार्यक्षेत्र पर्ने १३ जिल्लाका शीघ्र कुपोषण भएका बालबालिकालाई पोषणयुक्त बनाउने लक्ष्यका साथ पोषण पुनस्र्थापना गृह सञ्चलनमा ल्याएको हो ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोग तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पोषण पुनस्र्थापना गृह सञ्चालन गरेको प्रतिष्ठानका रजिस्ट्रार विश्वरज काफ्लेले बताए । उनका अनुसार पोषण पुनस्र्थापना गृह सञ्चालनले दुर्गम क्षेत्रका बालबालिकाको कुपोषणमा उल्लेखनीय सुधार हुने आशा गरिएको छ ।
यता चन्दननाथ नगरपालिका–३ की जमुना नेपालले पोषण गृहमा ल्याएपछि बच्चाको स्वास्थ्य तथा पोषण अवस्था पहिलाको भन्दा निकै सुधार भएको बताइन् । उनले २० दिन पोषण पुनस्र्थापना गृहमा बस्दा बच्च्मा निकै सुधार भई पोषणयुक्त भएपछि घर फर्किएको सुनाइन् । चिकित्सकले बच्चालाई घरमा पोषणयुक्त खानेकुरामा विशेष ध्यान दिनुपर्ने सुझाव र सल्लाह दिएको उनको भनाइ छ ।
सिंजा गाउँपालिकाकी दिलमाया रावतले आफ्नो कुपोषित बच्चालाई पोषण पुनस्र्थापना गृहमा भर्ना गरेकी छन् । अरुका जस्तै २० दिनको अवधिमा आफ्नो बच्चालाई पोषणमा सुधार आएको उनको भनाइ छ । पहिला भर्ना भएका बच्चा पोषणयुक्त भएर घर फर्किका छन् । प्रतिष्ठानले १६ फागुनदेखि पोषण पुनस्र्थापना गृह सञ्चलानमा ल्याएर निःशुल्क सेवा गर्दै आएको छ । पोषण पुनस्र्थापना गृहमा हाल भर्ना भएका ५ जना कुपोषण बालबालिकामध्ये २ जनालाई पोषणयुक्त बनाएर घर पठाएको छ भने २० दिनसम्म पोषण पुनस्र्थापना गृहमा भर्ना गरी पोषणयुक्त बनाएर घरमा पुनस्र्थापना गरिएको पोषण पुनस्र्थापना गृहका संयोजक निशान्त लामाले बताए । उनले भने, “कर्णाली प्रदेशका १० जिल्लासहित सुदूरपश्चिमका ३ जिल्लाका कुपोषण बालबालिकालाई पोषण पुनस्र्थापना गृहमा भर्ना गरी पोषणयुक्त बनाउने लक्ष्य छ । पर्याप्त जानकारी नपुगेकाले भर्ना हुने क्रम जारी छ ।”
अहिले कर्णालीका कुपोषित बालबालिका पोषण पुनस्र्थापना गृहमा भर्ना हुने क्रम बढ्दै गएको प्रतिष्ठानले जनाएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका नर्सिङ प्रमुख सविना थापाले कुपोषित बालबालिकालाई २० दिनमै पोषणयुक्त बनाएर घर पठाउन सकेको दाबी गरिन् । कर्णालीमा जति पनि कुपोषित बालबालिका छन् । उनीहरूको पोषणमा सुधार ल्याउनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पोषण पुनस्र्थापना गृह सञ्चालनमा ल्याएको हो । कुपोषित बालबालिकालाई घरमा राख्नु हुँदैन । बालबालिका कुपोषित भएको खण्डमा पोषण पुनस्र्थापना गृहमा तत्काल भर्ना गर्न आग्रह गरिएको छ ।
कर्णाली प्रदेशको माथिल्लो कर्णाली (जुम्ला, हुम्ला, डोल्पा, कालिकोट र मुगु) जिल्लाका शीघ्र कुपोषण बालबालिका ७ दशमलव ५ प्रतिशत, कमतौल भएका ३५ दशमलव ६ प्रतिशत र ५४ दशमल ५ प्रतिशत होचा (पुड्का) बालबालिकाको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्