राष्ट्रिय वाणिज्य बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक लाइट हस्तान्तरण «

राष्ट्रिय वाणिज्य बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक लाइट हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाइट हस्तान्तरण गरेको छ । बैंकले निर्माण गरेको सो ट्राफिक लाइट सुन्धरा, नागस्थानमा सञ्चालनमा ल्याइएको छ ।
नयाँ जडान गरिएको ट्राफिक लाइट काठमाडौं महानगरपालिका–२१ का वडा अध्यक्ष चिनकाजी महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्घाटन गरी ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरिएको बैकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा सहयोगी कार्यहरु गरिरहेको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्