ई–लर्निङ प्ल्याटफर्म ‘माइसेकेण्ड टिचर’ वैशाख १ गतेदेखि
नेपालको शिक्षा क्षेत्रमाआमुल परिवर्तन ल्याउने उद्देश्यसहित ई–लर्निङ प्ल्याटफर्म ‘माइसेकेण्ड टिचर’ आउने भएको छ । इन्नोभेट टेकले उक्त प्रडक्ट ल्याउन लागेको काठमाडौंमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । सो प्रडक्ट आगामी वैशाख १ गतेदेखि देशभर नै उपलब्ध हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले माइसेकेण्ड टिचर नेपालको शैक्षिक गुणस्तर सुधारमा कोशेढुंगा सावित हुने दावी गरे । उनले नेपाल जस्तो विकासोन्मुख राष्ट्रहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि शिक्षामा आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको औल्याउँदै अध्यक्ष बुढाथोकीले यो प्ल्याटफर्म विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय सञ्चालक सबैलाई उपयोगी हुने दाबी गरे ।