पर्यटनमा पर्याप्त बजेट छुट्याउन माग «

पर्यटनमा पर्याप्त बजेट छुट्याउन माग

कोभिड–१९ ले थलिएको पर्यटन व्यवसाय पुनरुत्थान तथा प्रवद्र्धनका लागि चालिनु पर्ने कदम र भावी नीतिका विषयमा नेपाल पर्यटन बोर्डले सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री भानुभक्त ढकालले आगामी आर्थिक् वर्षको बजेट निर्माणमा थुप्रै सीमितता भएपनि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि बजेट व्यवस्थापन गर्न प्रधानमन्त्रीसँग छलफल गरेको बताएका छन् ।
उनले हाल प्राप्त गरेको बजेट सिलिङले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि बजेट अपुग हुने भएकाले थप बजेटको माग गरेको बताए । मन्त्री ढकालले कोभिड–१९ ले पर्यटन क्षेत्रलाई बढी प्रभावित पारेकाले यसको पुनरुत्थनाका लागि मन्त्रालयले पहल गरेको दावी गरे । कोभिड–१९ दोस्रो चरणको संक्रमण बढ्दै जाँदा स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नुपर्ने मन्त्री ढकाललको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामेश्वर फुयाँलले पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रैकै मेरुदण्डका रुपमा विकास गर्ने गरी योजना बनाइएपनि बजेट अभावमा त्यसको कार्यान्वयनमा जटिलता उत्पन्न हुने बताए । १५औं योजनाले आगामी ५ वर्ष भित्रमा १० प्रतिशत कुलग्राहस्त उत्पादन गर्ने लक्ष्य रहेको बताए ।
पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालले अहिलेको परिस्थति पहिले भन्दा फरक रहेपनि सरकार निजी क्षेत्र मिलेर नै यसलाई अगाढी बढाउनु पर्ने अवस्था रहेको जानकारी दिए ।
सचिव कोइरालाले आउने बजेटमा पर्यटन पुर्नरुत्थान र प्रर्वद्धनका लागि आवश्यक बजेटका लागि मन्त्रालयले सक्दो प्रयास गर्ने बताए ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नीतिगत सुधारदेखि अन्तरनिकाय समन्वय र बजेटको आवश्यक्ता रहेको बताए । उनले नेपाललाई सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नयाँ ढंगले गन्तव्य विस्तारदेखि पर्यटनमैत्री नीति आवश्यक भएको उल्लेख गरे । नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रर्वद्धनका लागि बोर्डले छुट्टाछुट्टै योजना अघि सारेको जानकारी दिँदै उनले त्यसको लागि सरकारले नीतगत रुपमा सहजीकरण गरेर निजी क्षेत्रलाई आर्कषित गर्नु पर्ने रेग्मीको भनाइ छ ।
बोर्डका निर्वतमान कार्यकारी प्रमुख दिपकराज जोशीले मन्त्रालयगत बजेट कटौती गरेर पनि यसको पुनरुत्थानलाई बजेट बिनियोजन हुनु पर्ने उल्लेख गर्दै भिजा फ्रिको अवधारणा पनि आवश्यक रहेको बताए ।
कार्यक्रममा पर्यटन क्षेत्रका प्रतिनिधिहरुले सरकारले समस्यामा परेका व्यवसायीलाई राहत दिने गरी बजेटमा व्यवस्था गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्