माएस्र्क लाइनले नेपालसँग दीर्घकालीन व्यापारिक सहकार्य गर्ने

माएस्र्क समुहको विश्वव्यापी रुपमा सामान ओसार पसार गर्ने एक कन्टेनराइज्ड डिभिजन माएस्र्क लाइनले नेपालसँग दीर्घकालीन व्यापारिक सहकार्य गर्ने भएको छ । हालै काठमाडौंमा सम्पन्न एक व्यापारिक भेलामा कम्पनीले नेपालमा आफ्नो व्यापार वृद्धि गर्न चाहेको उल्लेख गरेको छ । नेपालको आयात व्यापार बितेको ५ वर्षमा दोब्बर भएको छ र माएस्र्क लाइन यस दिशामा निरन्तर वृद्धि हुँदै जानेमा विश्वस्त देखिएको कम्पनीले जनाएको छ ।
जुन २०१७ मा माएस्र्क लाइनले बिशाखापटनमदेखि नेपालसम्मको पहिलोपटक ढुवानीको जिम्मा लिएर काठमाडौं एक्स्प्रेस नाम दिइएको रेल सेवामार्फत् कम्पनीले नेपालको लागि सेवा शुभारम्भ गरेको थियो । यस सेवाले सामान बोकेको बन्दरगाहदेखि नेपालको सीमामा रहेको वीरगञ्ज स्थित सुख्खा बन्दरगाहसम्म तोकिएकै दिनमा सामान पुरायाउने ग्यारेन्टी दिएको थियो । यसप्रकारको अद्भूत सेवा उपलब्ध गराउने माएस्र्क लाइन नै पहिलो ढुवानी सेवाप्रदायक भएको छ । माएस्र्क लाइनको सेवा आरम्भ भएदेखि उपभोक्ताहरुको आवश्यकता बमोजिमको छिटो सेवा प्रदान गर्दै आएको छ र कम्पनीले बिशाखापटनमदेखि वीरगञ्जसम्म प्रत्येक महिना ५–६ ब्लकको रेल सेवा संचालन हुने अपेक्षा राखेको उल्लेख छ ।
माएस्र्क लाइन (भारत, श्रीलंका, बंगलादेश, नेपाल, भुटान र माल्दिभ्स)का प्रबन्ध निर्देशक स्टिभ फेल्डरले आफूहरु नेपालको बजारको प्रक्षेपणका बारेमा विश्वस्त रहेको बताए । “हामी यस क्षेत्रमा लामोकालको व्यापारिक सहकार्य गर्न इच्छुक छौं । हामीले सन् २०१८को मध्यसम्ममा काठमाडौंमा हाम्रो एक व्यापारिक शाखा कार्यालय खोल्ने योजना बनाएका छौं,” उनले भने, “हाम्रो ध्यान सदैव हाम्रो बढ्दो सेवामार्फत् सफल व्यापार सेवा प्रदान गर्नमा नै र हाम्रा ग्राहकहरुसँगको सम्बन्ध अत्यन्त सुमधुर र आत्मीय बनाउनमा केन्द्रित रहने गरेको छ । हामी नेपाली बजारको लागि कोलकाता र बिशाखापटनम दुवै बन्दरगाहबाट ग्राहकहरुलाई अतुलनीय सेवा उपलब्ध गराएर हाम्रो यो प्रतिबद्धता पूरा गर्नमा कटिबद्ध रहनेछौं ।”
ग्राहकहरुलाई कोलकाता र बिशाखापटनम दुवै बन्दरगाहबाट नेपालसम्म दोहोरो सेवा उपलब्ध गराउन तत्पर रहेबाट नै माएस्र्क लाइनको सेवा प्रतिको प्रतिबद्धता झल्किन्छ । यसले आफ्नै लाइनमार्फत् बिशाखापटनमदेखि वीरगञ्ज, नेपालसम्म र कोलकातादेखि वीरगञ्जसम्मको थप सेवाका लागि माएस्र्क लाइनप्रति उत्तरदायी मच्र्यान्ट हौलेजमार्फत् ढुवानी सेवा उपलब्ध गराउनेछ ।
हाल कम्पनीले विश्व बजारमा ग्राहकहरुलाई सेवा प्रदान गर्नका लागि चेन्नई एक्स्प्रेस सेवा उपलब्ध गराइरहेको छ । यो सेवा उपलब्ध गराउनुको उद्देश्य व्यवसाय गर्नलाई सहजता प्रदान गर्नु र ग्राहकलाई पारदर्शीतामा वृद्धि गर्दै ग्राहकलाई पूर्णता–पूर्ण सेवा उपलब्ध होस् भन्नु हो । यसले नेपालमा इल्ेक्ट्रोनिक डेलिभरी अर्डर निस्कासन, ह्याण्डलिङ कागजातहरु, अनलाइन भुक्तानी सेवा जस्ता सबै सेवाहरु एउटै स्थानबाट सम्पन्न गर्न सकिन्छ ।
माएस्र्क लाइनको संक्षिप्त जानकारीः
माएस्र्क लाइन, माएस्र्क समुहको विश्वव्यापी सामान ढुवानी गर्ने एक कन्टेनराइज्ड डिभिजन हो र यो उच्चकोटीको प्राहक केन्द्रित भरपर्दो सामुद्रिक ढुवानी सेवा प्रदान गर्न समर्पित छ । १२५ देशहरुमा फैलिएको ३२५ वटा कार्यालयहरुमा कार्यरत कामदारहरु र १९ लाख कन्टेनरहरु सहितको ५०० भन्दा बढी जहाजहरुको समूहका साथ कम्पनीको विश्वव्यापी पहुँच छ भनें ग्राहकहरुको आवश्यकतालाई पूरा गर्ने बृहत्तर ढुवानी साधन पनि यससँग रहेको छ ।
माएस्र्क लाइनको भारत, बंगलादेश र श्रीलँकाका सबै प्रमुख स्थानहरु र कार्गो क्षेत्रमा मा गरी २७ वटा कार्यालयहरु स्थापित छन् भनें त्यसमा ४०० जना कामदारहरुले सेवा प्रदान गर्दै आएका छन् ।