Logo

स्याङ्जा एमालेमा समानान्तर कमिटी गठन

नेकपा एमाले माधव–झलनाथ पक्षले स्याङ्जामा समानान्तर कमिटी गठन गरेको छ । तर, नेकपा एमाले माधव नेपाल समूह स्याङ्जाले भने नेकपा एमाले पुनर्गठन गरेको जनाएको छ ।
जिल्ला सदरमुकाममा आयोजित जिल्ला स्तरीय भेलाले रामचन्द्र भट्टराईको अध्यक्षतामा १ सय ७५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा शर्मिला पौडेल, सचिवमा भुपराज अधिकारी र उप–सचिवत्रयमा खड्कराज सुवेदी, सन्तोष केसी र टीकाराम नेपालीलाई चयन गरिएको हो ।
यसैगरी, भेलाले ज्येष्ठ सल्लाहकार सदस्यमा लोकराजशर्मा र निलकण्ठ शर्मा वाग्ले, ज्येष्ठ कम्युनिष्ट मञ्चमा शेखर प्रधान र नारायण गिरीलाई जिम्मेवारी दिएको छ ।
जिल्लाका ११ वटै स्थानीय तहमा युवा संघ र अनेरास्ववीयु समिति गठन गरेको छ । युवा संघ जिल्ला अध्यक्षमा सन्तोष सापकोटा र सचिवमामिलन भण्डारी र अनेरास्ववियु स्याङजाको अध्यक्षमा सन्तोप वस्ती र सचिवमा शिव भट्टराईलाई चयन गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
सर्वोच्च अदालतको निर्देशन कार्यान्वयन गर्नुका साथै पार्टीलाई मजबुत बनाई गाउँ–गाउँमा संगठन विस्तार गर्ने अभियान अघि बढाएको भट्टराईले जानकारी दिए ।
भेलामा सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज चूडामणि जंगलीले प्रधानमन्त्री केपी ओलीका कारण पार्टीमा बिभाजन आएको बताउँदै पार्टी सुदृढीकरणका लागि नेकपा एमालेले पुनर्गठन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्