Logo

बाल अधिकारका लागि गम्भीर छौँ : उपसभामुख थारु

लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुले बालबालिकाको अधिकारका लागि लुम्बिनी प्रदेश सरकार गम्भीर भएको बताएकी छन् । उनले बालबालिका देशको कर्णधार भएकाले बालबालिकाको हकहितका लागि प्रदेश सरकारले विशेष योजना ल्याउने बताइन् ।
कन्सोर्टियम नेपाल लुम्बिनी प्रदेश समितिले बुटबलमा आयोजना गरेको प्रदेशस्तरीय अन्तक्रिया कार्यक्रम उद्घाटन गर्दै उपसभामुख थारुले भनिन्, “बालसहभागिता संविधानमा मात्र नभई व्यवहारमा पनि लागु हुनु प¥र्यो ।” बालबालिकाको अधिकारका लागि संघ, प्रदेश र स्थानीय सरकार गम्भीर भएर लाग्नुपर्ने बताउँदै बालबालिकाले पाउने अधिकार कसैले हनन् गर्न नसक्ने उनले बताइन् ।
कार्यक्रममा सामाजिक विकास समितिका सभापति दिर्घनारायण पाण्डेले सामाजिक विकास समितिले बालबालिकाका लागि विशेष कार्यक्रम सञ्चालन गर्न योजना बनाएर बालअधिकार सुनिश्चितताका लागि प्रदेश सरकार गम्भीर भएर लाग्ने बताए ।”
अन्तक्रिया कार्यक्रममा बालअधिकार अभियान्ता तथा कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले बालबालिकाको क्षेत्रमा कन्सोर्टियम देशभरका ७४ संस्था आबद्ध भएको बताए । थापाले ७४ संस्थाको साझा धारणामार्फत सबै संघसंस्था बालबालिकाको क्षेत्रमा क्रियाशील रहेको र यस किसिमको बाल अधिकारको आभियान देशव्यापी बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्