पत्रकार महासंघमा पोखरेलको प्यानल विजयी «

पत्रकार महासंघमा पोखरेलको प्यानल विजयी

sf7df8f}F, @* r}t . g]kfn kqsf/ dxf;+3sf] cWoIf ljhoL ljk’n kf]v/]nnfO{ awfO{ tyf sfo{sfnsf] z’esfdfgf lbFb} cWoIf kbsf csL{ pDd]bjf/ lgdf{nf zdf{ . t:j/ M /f]zg ;fksf]6f, /f;;

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासीत्रय निर्मला शर्मा, रामप्रसाद दाहाल र गजेन्द्र बुढाथोकीलाई हराउँदै पोखरेल निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार पोखरेलले ६ हजार ९४२ मत ल्याएका छन् भने शर्माले तीन हजार ९१५ मत प्राप्त गरेकी छन् । अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले ४९१ र रामप्रसाद दाहालले १५६ मत प्राप्त गरेका छन् ।
यही चैत २५ गते पहिलोपटक महासंघमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान गरिएको थियो । पोखरेल प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन् ।
निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् ।
यस्तै खुला सचिवमा गोविन्द चौलागाईँ, सचिव (महिला)मा सिर्जना अर्याल, सचिव (आदिवासी जनजाति) नारायणसुन्दर किलम्बू, सचिव (मधेसी) दीपेन्द्र चौहान, सचिव (दलित)मा हेमकर्ण विक र सचिव (एशोसिएट)मा पवन आचार्य निर्वाचित भए । यस्तै लेखासमिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्