नेपाल निर्माण व्यवसायी महासंघ : एक चिनारी «

नेपाल निर्माण व्यवसायी महासंघ : एक चिनारी

वि.सं २०४७ साल जेठ २१ गते नेपाल निर्माण व्यवसायी संघको रूपमा विधिवत् स्थापना भएको नेपालका निर्माण व्यवसायीको साझा संस्थालाई २०५४ साल मंसिर २१ र २२ गते बसेको नेपाल निर्माण व्यवसायी संघको चौथो साधारण सभामा उपस्थित विभिन्न जिल्ला एवं क्षेत्रका प्रतिनिधिको समेत सहमतिबाट नेपाल निर्माण व्यवसायी संघको विधान २०४६ लाई संशोधन गरी नेपाल निर्माण व्यवसायी संघलाई नेपाल निर्माण व्यवसायी महासंघमा परिणत गरिएको थियो । हाल यही महासंघ नै मुलुकका सम्पूर्ण निर्माण व्यवसायीहरूको छाता संस्थाको रूपमा रहेको छ । समयको आरोह–अवरोह पार गर्दै यो महासंघ अहिले आफ्नो स्थापनाको ३० औं वर्षमा प्रवेश गरिसकेको छ ।

महासंघका प्रमुख उद्देश्यहरू
(१) निर्माण व्यवसायलाई पेसागत रूपमा अँगाली कार्य गर्ने नेपाली निर्माण व्यवसायीहरूलाई एकसूत्रमा बाँधी तिनीहरूको व्यावसायिक हितको संरक्षण, अभिवृद्धि र विकास गर्ने अनि नेपाली निर्माण व्यवसायीहरूको अभिलेख राखी स्वदेशी निर्माण उद्योगको स्तरको प्रारूप तयार गर्ने ।
(२) निर्माण उद्योगको सम्बन्धमा नेपाल सरकारबाट समय–समयमा लागू गर्ने नीति, नियम र सिद्धान्तलाई निर्माण व्यवसायीहरूको हितमा प्रतिपादन गर्न, संशोधन गर्न, कार्यान्वयन गर्न, गराउन, निर्माण कार्यको सिलसिलामा तयार गरिने बोलपत्र, करारपत्र आदि दस्तावेजमा अमेल एवं एकपक्षीय सर्तहरू हटाई अन्तर्राष्ट्रियस्तरमा कायम गर्नका लागि नेपाल सरकार एवं अन्य संघसंस्था वा निकायसमक्ष सुझाव पेस गर्ने, विभिन्न गोष्ठी, सेमिनार, छलफल आदिको आयोजना गरी यस कार्यमा प्रभावकारी भूमिका निभाउने ।

(३) देशको सर्वाङ्गीण विकास र निर्माण कार्यमा निर्माण उद्योगको महŒवपूर्ण योगदान रहने हुनाले देश विकासको गतिसँग नमिल्दा र समयानुकूल नभएका नेपाल सरकारका कुनै पनि निर्माण कार्यसम्बन्धी नीति, नियम, कानुनलाई देशको विकास र निर्माण व्यवसायीहरूको निमित्त बढी सहायक र प्रभावकारी हुने गरी समयानुकूल बनाउन नेपाल सरकारका सम्बिन्धत निकायसँग समन्वय गरी आवश्यक सुधार वा संशोधन गराउन प्रयत्नशील रहने ।
(४) विभिन्न देशका राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका निर्माण व्यवसायी संघ संगठन एवं महासंघ, संस्था तथा निकायहरूसमेतको सदस्यता प्राप्त गर्ने यस्ता निकायसँग मैत्री सम्बन्ध कायम गर्ने र अनुभव तथा विचारको आदान–प्रदानद्वारा निर्माण व्यवसायीलाई बढी दक्ष र प्रभावकारी बनाउन एवं नेपाली निर्माण व्यवसायीहरूको समुचित विकास गर्न गहन भूमिका निभाउने ।
(५) स्वदेशी निर्माण व्यवसायीको सीप, ज्ञान र दक्षताको अभिवृद्धि गरी विदेशी निर्माण व्यवसायीहरूसँग प्रतिस्पर्धा गर्ने क्षमता वृद्धिका लागि प्रयास गर्ने ।
(६) नेपाली निर्माण व्यवसायीहरूलाई प्रोत्साहित, कदर गर्न तथा निर्माण व्यवसाय क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई समेत पुरस्कार, प्रशंसापत्र, कदरपत्र आदि प्रदान गर्ने र सम्बन्धित निकायमा सिफारिस गर्ने ।
(७) देशमा आइपर्ने दैवी विपत्ति एवं प्राकृतिक प्रकोपजस्ता बेलामा तन, मन र धनले सहयोग गर्ने ।
(८) सामूहिक रूपमा निर्माण व्यवसायीहरूलाई आइपर्ने निर्माण व्यवसायसम्बन्धी समस्याको समाधान गर्न प्रयत्न गर्ने ।
(९) निर्माण व्यवसायसँग सम्बन्धित विभिन्न निकाय, वित्तीय संस्थाहरू आदिबाट नेपाली निर्माण व्यवसायीहरूलाई दिई आएका सुविधाहरू अझ बढी सरल र सुलभ तरिकाले उपभोग गर्न पाउने र थप सुविधा पाउने वातावरण सिर्जना गर्ने ।
(१०) विभिन्न समाज सेवा एवं जनउपयोगिताका कार्य गर्ने र त्यस्ता कार्य गराउन गर्न प्रोत्साहन दिने ।
(११) अन्तर्राष्ट्रियस्तरमा नेपाली निर्माण व्यवसायीहरूको शाखामा अभिवृद्धि गरी अन्तर्राष्ट्रियस्तरको बोलपत्रहरूमा नेपाली निर्माण व्यवसायीहरूले भाग लिई कार्य गर्न सक्षम तुल्याउन यावत् प्रयत्न गर्ने ।
(१२) निर्माण व्यवसायीहरूका पीरमर्का, गुनासाहरू सम्बन्धित निकायसम्म पु¥याई निर्माण व्यवसायीहरूको अधिकतम हकहितका लागि सम्भाव्य सम्पूर्ण उपायहरू अवलम्बन गर्ने ।
महासंघको कार्यक्षेत्र र भूमिका दिनानुदिन बढ्दै गएको सन्दर्भमा महासंघले आफ्नो भौतिक अवस्था सुधार्न र दैनिक प्रशासकीय कार्यलाई प्रभावकारी तुल्याई निर्माण व्यवसायको संस्थागत विकासका लागि विभिन्न नीतिगत कुरामा पनि निर्माण व्यवसाय विकास परिषद्, नेपाल सरकार तथा अन्य निकायसँग तालमेल मिलाई काम गर्नुपर्ने आवश्यक छ । गत २१औं साधारण सभाबाट पारित भएका कतिपय निर्णय एवं निर्देशनहरूको कार्यान्वयन भइसके तापनि कतिपय निर्णयहरू कार्यान्वयन हुन बाँकी नै रहेका छन् । यसैले प्रस्तुत सन्दर्भमा महासंघले हाल सञ्चालित कार्यक्रमहरूलाई निरन्तरता दिँदै निम्न काम कुरालाई प्राथमिकताका साथ लैजाने कार्यक्रम रहेको छ ।

निर्माण व्यवसायीहरूको हकहित संरक्षणको कार्यको निरन्तरता :
महासंघको प्रारम्भिक उद्देश्य नै नेपाली निर्माण व्यवसायीहरूको हक हितको संरक्षण गर्ने भएको हुँदा यस सन्दर्भमा महासंघले निर्माण व्यवसायीहरूलाई पर्ने कठिनाइको निराकरणका लागि सम्बन्धित निकायसमक्ष पहल गर्नेदेखि लिएर निर्माण व्यवसायसम्बन्धी ऐन, नियमका व्यवधानहरूलाई निर्माण व्यवसायीहरूको हक हितअनुकूल तुल्याउन सरकार एवं सम्बन्धित निकायहरूमा आवश्यक सुझाव दिने, डेलिगेसन जाने, विरोध गर्नेजस्ता विभिन्न कार्य गरिआएको छ र सो कार्यलाई निरन्तरता दिइनेछ ।

निर्माण व्यवसायसम्बन्धी अध्ययन तथा अनुसन्धान :
हालसम्म नेपालको निर्माण व्यवसाय सम्बन्धमा आवश्यक अध्ययन तथा अनुसन्धानको खाँचो महसुस गरिएको छ । यस्ता अध्ययन अनुसन्धान व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न महासंघले निर्माण उद्योग प्रशिक्षण केन्द्रको कार्यालयसमेत महासंघ सचिवालयमा स्थापना गरी यसबाट अध्ययन तथा अनुसन्धानको प्रयास गरिरहेको छ र यस कार्यलाई निरन्तरता दिइनेछ ।

सामाजिक सेवाका कार्यमा संलग्नता :
महासंघले व्यावसायिक हकहित संरक्षण, निर्माण व्यवसायको संस्थागत विकासमा योगदानजस्ता कार्यका अतिरिक्त विशुद्ध सामाजिक सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्ने कार्यक्रम राखेको छ । यसका लागि महासंघले विपतमा परेका जनतालाई बेलाबखत आर्थिक एवं अन्य सहयोग गर्दै आएको छ भने काठमाडौं चक्रपथमा हरित पेटिका निर्माण तथा सञ्चालन कार्य सरकारले सार्वजनिक निजी साझेदारी कार्यक्रमअनुसार महासंघलाई सुम्पिएको छ । यसको कार्यक्रम अगाडि बढेको छ । यसबाहेक कार्य समिति अन्तर्गतको सामाजिक सेवा समितिको अगुवाइमा केही कामहरू हुँदै आएका छन् ।

निर्माण व्यवसायी कोषबाट प्राप्त हुने रकमको उचित उपयोगका कार्यहरू ः
निर्माण व्यवसायीहरूको बिलबाट ०.१० प्रतिशतका दरले कट्टा भई निर्माण व्यवसायी कोषमा जम्मा हुने रकमको असुली हुँदै आएको भए तापनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रबाट यस कोषमा जम्मा हुन सकेको छैन । सो रकमको ६० प्रतिशत अंश महासंघसमेतको संलग्नतामा तय गरेका कार्यक्रममा खर्च गर्ने निर्णय भौतिक योजना निर्माण तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत गठित निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिमा भइसकेको छ । सो रकम निर्माण व्यवसायको संस्थागत विकासका लागि गरिने विभिन्न अध्ययन अनुसन्धान तथा निर्माण व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक पर्ने तालिम, प्रशिक्षण, गोष्ठी, सेमिनार, अध्ययन भ्रमण, ीयनष्कतष्अ क्गउउयचत आदि क्षेत्रमा खर्च गरिँदै आएको छ । यो रकमको उचित असुली र उपयोगिताबाट निर्माण व्यवसायी तथा व्यवसाय नै लाभान्वित हुनसक्ने भएकाले सोका लागि महासंघले भविष्यमा प्रभावकारी ढंगले विशेष कार्यक्रमहरू तय गरी लागू गर्नेछ ।

महासंघको आर्थिक स्थिति :
नेपाल निर्माण व्यवसायी महासंघ आर्थिक लाभ नगर्ने एउटा विशुद्ध सामाजिक संस्था हो । तैपनि आफ्नो नियमित कार्य सञ्चालनका लागि यस महासंघले यसका साधारण र एसोसिएट सदस्यहरूबाट नवीकरण शुल्क लिएर आवश्यक पर्ने खर्च जुटाउने काम भइरहेको छ । निर्माण व्यवसायीहरूको पेसागत हकहित संरक्षण गर्न र यसको राष्ट्रिय प्रतिष्ठालाई कायम राख्न यस महासंघलाई आर्थिक रूपले आत्मनिर्भर तुल्याउनु आजको अपरिहार्य आवश्यकता भएको छ । यसका लागि महासंघले आम्दानीका नियमित र स्थिर स्रोतहरूको पहिचान गर्ने र बढीभन्दा बढी सामाजिक कार्यमा समेत हात हाल्ने प्रयास गरिरहेको छ । यसै सन्दर्भमा विगतका वर्षदेखि नै हरेक निर्माण कार्यको ठेक्का अंकबाट ०.१ प्रतिशत रकम नेपाल सरकार, भौतिक योजना निर्माण तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय विकास कोषमा जम्मा गर्ने काम भइरहेको छ । यस कोषको आधाभन्दा बढी रकम निर्माण व्यवसायी महासंघमार्फत नै निर्माण व्यवसायीहरूको सीप, दक्षता र क्षमता अभिवृद्धिका लागि खर्च गरिने भएकाले पनि यस महासंघलाई सबल बनाउन महŒवपूर्ण योगदान मिलेको देखिन्छ । सबै निर्माण व्यवसायीहरूको निरन्तर सहयोग र समर्थन रहने हो भने महासंघ आर्थिक रूपमा मात्र नभई हरेक दृष्टिबाट सक्षम र सुदृढ बन्ने कुरामा दुईमत छैन ।

निर्माण व्यवसायीको संख्या
राष्ट्रभरका निर्माण व्यवसायीहरू :
‘क’ वर्ग – ३०९
‘ख’ वर्ग – २५६
‘ग’ वर्ग – ११६४
‘घ’ वर्ग – १३३७५
नेपाल निर्माण व्यवसायी महासंघका सदस्यहरू ः
(स्रोतः निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समिति, भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय)

साधारण सदस्य :
प्रदेश निर्माण व्यवसायी महासंघहरू : ७
जिल्ला निर्माण व्यवसायी संघहरू : ७७
वस्तुगत संघ सदस्य : २

एसोसिएट सदस्यहरू (महासंघमा सिधै सदस्य बन्ने निर्माण व्यवसायी फर्म कम्पनीहरू‘क’वर्ग – १४३
‘ख’ वर्ग – ३८
‘ग’ वर्ग – ३४
‘घ’ वर्ग – ३६

प्रतिक्रिया दिनुहोस्