Logo

प्राकृतिक प्रकोप न्यूनीकरण र वर्तमान अवस्था

प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन र कुनै स्थान र क्षेत्र तोकेर आउँदैन । नेपालमा वर्षायाम सुरु हुनुपूर्व नै गत वर्ष सिद्घार्थ राजमार्ग क्षेत्रहरूमा सुक्खा पहिरो झर्ने क्रम भएको थियो । त्यस्तै गरी हालै मात्र तुवाँलोका कारण राजधानीलगायतका स्थानहरूमा जनजीवन प्रभावित हुन पुगेको छ, जसका कारण मानिसलगायतका प्राणीहरूलाई विभिन्न रोगको सम्भावना रहेको सम्बन्धित चिकित्सकहरूले बताएका छन् । वनजंगलमा डढेलो र आगलागीका कारण आएको यो परिस्थिति आम जनसमुदायका लागि चुनौतीका साथै वातावरण प्रदूषणको कारण पनि रहेको छ । यस्ता क्रियाकलाप हटाउन सबै एकताबद्घ हुनु आवश्यक छ । केही वर्षअघि वर्षातको पानीले भक्तपुरको ठिमीलगायत मुलुकका धेरै स्थानहरू जलमग्न भई डुबानमा परेको, तराईका विभिन्न स्थानहरूसमेत डुबानमा परेको र राजमार्ग अवरुद्घ हुँदा आवतजावतमा समस्या भएको र हालसम्म करिब एक दर्जनका हाराहारीमा मृत्यु भइसकेको नेपाल सरकारले जनाएको छ । नेपालबाहेक भारत, जापान, चीनमा समेत बाढीपहरोले जनजीवन अस्तव्यस्त बनाएका समाचारहरू आइ नै रहेका छन् । नेपाल सरकारले प्राकृतिक प्रकोप न्यूनीकरणका विभिन्न उपायहरू कार्यान्वयन गर्ने जनाए तापनि व्यवहारमा भने लागू हुन सकिरहेको छैन भन्ने जनगुनासाहरू आइरहेका छन् । प्राकृतिक प्रकोपको कुनै समय र सीमा हुँदैन तापनि विश्वमा समय–समयमा आउने भुइँचालो, तुफान, ज्वालामुखी, बाढीपहिरोे, आँधीबेहेरी, अतिवृष्टि, अनावृष्टि र संक्रामक रोगहरूजस्ता प्रकोपहरूबाट बर्सेनि थुप्रैको संख्यामा जनधनको क्षति भएका र लाखौंको संख्यामा घरबारबीहिन र घाइते भएका घटनाहरू घटि नै रहेका छन् । प्राकृतिक प्रकोपले मानव जीवनलाई नै तहसनहस गर्ने गर्छ, जुन प्रकोपहरू आकस्मिक र भयंकर हुने गर्छन् । प्राकृतिक प्रकोपले राष्ट्रिय अर्थतन्त्रलाई क्षति पु¥याउने मात्र नभई सामाजिक एवं व्यक्तिहरूलाई अनावश्यक तनाव बढाउने र सामाजिक तथा भौतिक संरचनाहरूलाई समेत खलबल्याउने, नष्ट गर्ने कार्य गरिरहेको हुन्छ । प्राकृतिक प्रकोपले जीउधनको नष्ट गर्ने, मानव, पशुपन्छी घाइते हुने, मानव स्वास्थ्यमा प्रतिकूल असर पु¥याई वातावरण प्रदूषित हुने गर्छ र थप संक्रामक रोगहरूले ग्रसित हुने थप चुनौती थपिदिन्छ र सुरक्षाको आवश्यकतासमेत पर्न जान्छ । प्राकृतिक प्रकोपले समग्रमा राष्ट्रिय अर्थतन्त्रमा समेत नराम्ररी क्षति पु¥याउने भएकाले राष्ट्र विकासमा समेत प्रभाव पार्छ । प्राकृतिक प्रकोप आफैंमा समस्या र समाधान हुन सक्दैन । यिनको प्रकृति र स्वरूपअनुसार पूर्वतयारी गरिनुपर्छ र घटना घटिहाल्यो भने नियन्त्रण, उद्घार र राहतका लागि सकेसम्म हल गर्नाका लागि पहल गरिनुपर्छ । प्राकृतिक प्रकोप व्यवस्थापन समयमै गर्न सकिएको खण्डमा केही हदसम्म भए पनि पीडित नागरिकहरूले राहत पाउने, जनधनको क्षतिबाट बचाउन सकिन्छ । प्राकृतिक प्रकोप व्यवस्थापनलाई प्राकृतिक व्यवस्थापन चक्रका रूपमा अध्ययन गर्न सकिन्छ । जसअन्तर्गत तयारी, प्रकोप प्रभाव, प्रतिक्रिया, उपचार, विकास, रोकथाम र राहत नियन्त्रण रहेका छन् । प्राकृतिक प्रकोप जुनसुकै स्थान र समयमा घट्न सक्ने र क्षतिको आकलन पहिल्यै गर्न सकिंदैन । त्यस्ता प्रकोपहरूबाट बच्नका लागि पूर्वतयारी, जनचेतना अभिवृद्घि गराउने कार्यमा प्राकृतिक व्यवस्थापन गर्ने निकाय सधैं पूर्वतयारी अवस्थामा हुनुपर्छ । त्यस्तै गरी प्रकोपबाट सिर्जित घटनाहरूबाट भएका क्षतिहरू— जनधन, कृषि, पशु, भौतिक एवं सामाजिक संरचनाहरू र अन्य क्षेत्रहरूमा के–कति क्षति, प्रभाव परेको हो सोको समेत अध्ययन–अनुसन्धान गरी प्रकोप व्यवस्थापनले अभिलेखीकरण गर्नुपर्छ । प्राकृतिक प्रकोपको अर्को महŒवपूर्ण अंगका रूपमा प्रतिक्रियालाई लिन सकिन्छ । प्राकृतिक प्रकोपबाट बचाउन र न्यूनीकरण गर्नका लागि प्राकृतिक व्यवस्थापनले प्रकोपबाट मानव र प्राणीहरूको जीउधन बचाउन, सम्पत्ति र बहुमुल्य सामग्रीहरूको रक्षा गर्न, प्रकोपबाट उत्पन्न हुन सक्ने वातावरणीय प्रदूषण तथा विभिन्न सरुवा रोगहरूलाई नियन्त्रण गर्न तुरुन्तै आवश्यक कदम चाल्नुपर्छ भने अर्कातर्फ उपचारको समेत पहल गर्नुपर्छ । प्राकृतिक प्रकोपमा परेका पीडितहरूलाई पुनस्र्थापना गर्न र भौतिक संरचनाहरूको क्षतिको मूल्यांकन गरी मर्मत एवं पुनर्निर्माण कार्य छिटोभन्दा छिटो गर्नुपर्छ र प्राकृतिक पीडितहरूको उद्घार गर्नका लागि विभिन्न क्षेत्रहरूको विकास गर्दै जानुपर्छ । अर्कातर्फ प्राकृतिक प्रकोप हुन नदिनका लागि सकभर प्रयास गरिनुपर्छ र जनधनको क्षति न्यूनीकरणको सामुहिक प्रयास गर्नुपर्छ । प्राकृतिक प्रकोपबाट पीडित नागरिकहरूको खोजी तथा उद्घार कार्य सरकारले तत्कालै गर्नुपर्छ । प्राकृतिक प्रकोपको व्यवस्थापन चक्रअनुसार व्यवस्थापकले ती क्षेत्रहरूको विस्तृत अध्ययन गरी समयमै पूर्वतयारी गर्न सकेमा वा प्रकोपको प्रतिक्रिया बुझ्न सकेको खण्डमा आवश्यक स्रोत र साधन जुटाई प्राकृतिक प्रकोपमा परेकाहरूलाई समयमै उद्घार र राहत दिन सकिन्छ ।
प्राकृतिक प्रकोपको प्रकृतिको आधारमा प्राकृतिक प्रकोपलाई विशेष गरी समय र स्थानविशेषका प्रकोपहरू बाढी, पहिरो, आगलागी आदि र आकस्मिक र विश्वव्यापी प्रकोपहरू भूकम्प, सुक्खा आदि दुई भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ । प्राकृतिक प्रकोप हुनुका धेरै कारणहरू हुन सक्छन् । प्राकृतिक प्रकोपले सिंगो मुलुक नै तहसनहस बनाउने, विश्वस्तरमा वातावरणीय प्रदूषण, महामारी, रोगहरू फैलन सक्नेलगायतका चुनौतीहरू थपिन सक्छन् तापनि प्राकृतिक प्रकोपका मुख्य कारणहरूमा जनसंख्या वृद्घि, ठूलाठूला भौतिक निर्माणका कार्यहरू, बाढीपहिरो, हिमपहिरो, भूकम्प, असिना, ज्वालामुखी, तूफान, जलवायु परिवर्तन, आर्थिक मन्दीलगायतका कारणहरू रहेका छन् । प्राकृतिक प्रकोप वृद्घिसँगसँगै विश्वजगत्ले तिनलाई न्यूनीकरण गर्ने विभिन्न उपायहरू गरिरहेका छन् । प्राकृतिक प्रकोप न्यूनीकरण गर्नका लागि विश्वका सबै राष्ट्रहरूले तालिम, गोष्ठी, सेमिनारहरू सञ्चालन गर्ने, प्राकृतिक प्रकोपबाट पीडितहरूलाई सुरक्षित स्थानहरूमा लैजाने, सुरक्षित र आधुनिक स्तरका आवासहरू निर्माणका लागि पहल गर्ने, भूगर्भशास्त्री, इन्जिनियर, जलवायु विज्ञानका विशेषज्ञ, कृषि, वन र अन्य क्षेत्रका विशेषज्ञहरूको संलग्नतामा प्राकृतिक प्रकोपकाबारे अध्ययन–अनुसन्धान गरी सर्वसाधारण नागरिकहरूले बुझ्ने भाषामा प्राकृतिक प्रकोप नियन्त्रणका पुस्तक, अडियो भिडियो, जर्नलहरू प्रकाशित गरिनुपर्छ । विशेषज्ञहरूको महŒवपूर्ण दस्ताबेजहरूले मानवीय र पशुपन्छीको क्षतिमा न्यूनीकरणका साथसाथै वातावरण प्रदूषण हुनबाट बचाउनुका साथसाथै प्राकृतिक प्रकोप हुनबाट समेत बचाउँछ । विश्व २१ औं शताब्दीमा प्रवेश गरेको र वैज्ञानिक युगमा प्रवेश गरेको अवस्थामा प्राकृतिक प्रकोप न्यूनीकरणमा समेत महŒवपूर्ण कार्यहरू गर्न सफल भएका उदाहरणहरू हाम्रा अघि थुप्रै रहेका छन् ।
प्राकृतिक प्रकोप आउनुभन्दा पूर्वको चरण, पूर्वचेतावनी दिने चरण, आकस्मिक उद्घार गर्ने चरण, पुनस्र्थापना र पुनर्निर्माण गराउने चरणको पहिचान गरी चरणबद्घ रूपमा कार्यान्वयन गर्न सकेको खण्डमा प्राकृतिक प्रकोप प्रभाव कम गर्न सकिन्छ । हरेक प्रबुद्ध राष्ट्रका लागि प्राकृतिक प्रकोप न्यूनीकरण टाउको दुखाइको विषय बन्न पुगेको छ । नेपाल भूपरिवेष्टित राष्ट्र र हिमाल, पहाड र तराईमा बाँडिएको राष्ट्र हो । उत्तरतर्फको ठूल्ठूला हिमाल र पहाडहरू रहेका कारण नेपाल सधैं भूकम्पीय जोखिम रहेको छ । सिन्धुपाल्चोकको जुरेमा सुनकोसी थुनिँदा बनेको ताल, सेती नदीको बाढी, सेती नदी थुनिएर बनेको ताल, अर्मलेमा भएको जमिन प्वाल पर्ने समस्या, २०७२ मा गएको गोरखा बारपाक केन्द्रबिन्दु भएर आएको भूकम्प र हालसम्म आएका पराकम्पहरूजस्ता प्राकृतिक प्रकोपहरूले गर्दा थुप्रै मानवीय र पशुपनछीहरूको नाश हुन पुग्यो, तिनकै कारण थुप्रै घाइते हुन पुगे । प्राकृतिक प्रकोपबाट आक्रान्तहरूले हालसम्म पुनस्र्थापना र पुनर्निर्माण गर्न सकिरहेका छैनन् । नेपालमा जनसंख्या वृद्घि, बसाइँसराइ, साधन र स्रोतको कमी, दक्ष जनशक्तिको अभावलगायतका विविध कारणहरूले गर्दा प्राकृतिक प्रकोप नियन्त्रण हुन सकिरहेको छैन । नेपालको सन्दर्भमा प्राकृतिक प्रकोप निराकरणका लागि थुप्रै प्रयास भए तापनि मूर्तरूप भने लिन सकेको छैन् । सीमित स्रोत र साधनका बाबजुद नेपाल सरकारले आफूमातहतका निकायहरूलाई दैवी प्रकोप नियन्त्रणमा खटाई थप जनधनबाट बचाउने कार्य गर्नु नै महŒवपूर्ण मान्नुपर्छ । भूकम्प गएको यतिका वर्ष बित्दासमेत पुननिर्माणको कार्यले उल्लेखनीय सफलता हात पार्न सकिरहेको छैन् । नेपाल सरकारले हालसम्म भएका दैवी प्रकोपहरूको मूल्यांकन गर्दै आगामी दिनहरूमा त्यस्ता घटनाहरू हुन नदिनका लागि केन्द्रीय दैवी प्रकोप उद्घार समितिको कार्यक्षेत्र विस्तार गर्दै अघि बढ्नुपर्छ । प्राकृतिक प्रकोपको बेला पीडित पक्षलाई सुरक्षा प्रदान गर्न तथा उनीहरूको उद्घार गर्नका लागि उपयुक्त प्रविधिहरू प्रयोग गर्ने र तत्सम्बन्धमा सम्बन्धित कर्मचारीहरू र स्वयंसेवकहरूलाई प्रशिक्षण दिने, जनसंख्या व्यवस्थापनका प्रभावकारी कदमहरूको सुरुवात गर्ने, जिल्ला दैवी प्रकोप समितिबाट प्राकृतिक प्रकोप पूर्वतयारी वार्षिक योजना तर्जुमा गराउने, राजमार्ग, सडक, पुल, विमानस्थल, जलविद्युत्का बाँध, भवन, विमानस्थल आदिलाई प्राकृतिक प्रकोपबाट बचाउन सकिने दूरी र स्थानमा मात्र निर्माण गर्न स्वीकृति दिने, भवन आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गर्ने गराउने, नदी, हिमताल क्षेत्रका नागरिकहरूलाई पूर्वसूचना गराउनका लागि ती स्थानहरूमा यन्त्रहरू जडान गर्ने, सञ्चार माध्यमहरूबाट प्रचारप्रसार गर्ने÷गराउने, सरकारले दैवी प्रकोपलाई व्यवस्थित गराउनका लागि बजेट बढाउने, राहत उद्घार कार्यको पूर्वतयारी गराउने, स्थानीय संघसंस्था, राजनीतिक दलहरू, नागरिक समाजसँग हातेमालो गर्दै दैवी प्रकोपको बेला समाजसेवा गर्न अभिप्रेरित गर्ने, पीडित पक्षलाई सुरक्षा र उद्घार गर्नका लागि उपयुक्त प्रविधिहरू प्रयोग गर्ने र तत्सम्बन्धमा सम्बन्धित कर्मचारीहरू एवं स्वयंसेवकहरूलाई प्रशिक्षित गर्ने÷गराउनेलगायतका उपायहरू अपनाउन सकेको खण्डमा प्राकृतिक प्रकोप निराकरण गर्न सकिन्छ । वर्षाले गर्दा बर्सेनि राजमार्गहरू अवरुद्घ हुने र तराईका विभिन्न भागहरू डुब्ने घटनाहरू हुँदै आइरहेका छन् । ती क्षेत्रहरूमा हुनै दैवी प्रकोप न्यूनीकरणका लागि नेपाल सरकारले चाँडोभन्दा चाँडो पूर्वतयारी गरिनुपर्छ र नदी, खोला, बाँधलगायतका भौतिक संरचनाहरू निर्माण गरिनुपर्छ । प्राकृतिक प्रकोप व्यवस्थापन गर्नका लागि सरकारले स्थानीय स्तरमा जनचेतना फैलाउने, सूचना सञ्चार उपलब्ध गराउनेलगायतका कार्यहरू गर्नुका साथै सरकारले ठोस निति निर्माण गरी प्रकोप न्यूनीकरण कम गराउन सकिन्छ । नेपाल सरकारले दैवी प्रकोप नियन्त्रणका लागि आवश्यक पर्ने जनशक्ति, तालिम, भौतिक सामग्रीहरूको उचित व्यवस्था गर्नु अपरिहार्य भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्