Logo

सहकारीमा समेत स्थानीय तहका खाता

नियममानुसार वाणिज्य बैंकमा मात्रै खाता खोल्नुपर्ने स्थानीय तहले सहकारीमा समेत खोलेको पाएपछि नेपाल सरकारले ती खाता बन्द गर्न जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्राचार गरेको छ ।
अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहहरूका खाता व्यवस्थापन गर्न स्थानीय तहका खाता सहकारीमा समेत रहेको बताउँदै ती खाताहरू बन्द गराउन कोलेनिकालाई पत्राचार गरेको हो । कार्यालयका अधिकृत कृष्णराज पौडेलद्वारा जारी पत्रमा स्थानीय तहहरूले समूहको खाताहरूको माध्यमबाट मात्र खाता सञ्चालन गरी कारोबार गर्नुपर्नेमा सहकारी संस्थाहरूमा समेत खाताखोली ग समूहको खाताबाट एकमुष्ट रूपमा सहकारीको खातामा रकम जम्मा गरी सोमार्फत कारोबार गरिरहेकाले यसरी सहकारीमाफर्त कारोबार भएको भए बन्द गर्ने उल्लेख छ ।
यस्तै ग समूहको खाता सञ्चालन गर्दा सञ्चित कोषलगायतका सम्पूर्ण खाताहरू एउटा मात्र बैंकमा हुनुपर्नेमा कतिपय स्थानीय तहहरूको खाता एकभन्दा बढी बैंकमा खोलिएको हुँदा पछिल्लो पटक सहमति प्रदान भएको बैंकमा मात्र खाता सञ्चालन हुने गरी साविकको बैंकमा भएका खाताहरू बन्द गर्नुपर्ने पौडेलले उल्लेख गरेका छन् । ग समूह भन्नाले स्थानीय तहको खातालाई बुझिन्छ ।
गोरखामा दोहोरो खाता पनि नरहेको र सहकारीमा पनि खाता नरहेको त्यहाँका प्रमुख कोष नियन्त्रक नारायणप्रसाद शर्माले बताए ।
शर्माले केही पहिला जिल्ला सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकमा स्थानीय तहमा खाता रहेको बताउँदै अहिले प्रायजसो स्थानीय तहहरूमा निजी क्षेत्रका बैंकहरू पुगेपछि राष्ट्र बैक र महालेखा नियन्त्रकको सहमतिमा त्यहीं नै खाता खोलिसकिएको र पुरानो खाता बन्द गरिएको उल्लेख गरे । ‘तर यसरी बन्द गर्न कोही प्रक्रियामै रहेका हुनसक्ने र देशभर कतैकतै कोही छुटेका पनि हुनसक्छ,’ शर्माले भने ।
यस्तै सिरहा दुईवटा स्थानीय तहले साविकमा रहेका राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता बन्द गर्ने प्रक्रियामा रहेका निमित्त प्रमुख कोष नियन्त्रक यमनाथ गिरीले बताए । ताप्लेजुङका प्रमुख कोष नियन्त्रक रामबहादुर बस्नेतले जिल्लाका स्थानीय तहले सहकारीमा खाता नखोलेको बताए ।
मलेनिकाले स्थानीय तहहरूले ग समूहको खाताहरू सञ्चालन गर्दा ग समूहको खातामा आईपीएसमार्पmत् रकम ट्रान्सफरसमेत गर्ने गरेकाले आईपीएसमार्फत रकम ट्रान्सफर गरी कारोबार बन्द गराउन, स्थानीय तहहरूले हाल खाता सञ्चालन भइरहेको बैंक परिवर्तन गरी नयाँ बैंकमा खाता सञ्चालन गर्नुपर्दा नयाँ बैंकमा स्थानीय तहको खाता सञ्चालन गरी साविकको बैंकमा रहेका खाताहरूमा रकम सम्बन्धित खातामा ट्रान्सफर गर्न लगाई साविकको बैंकका सम्पूर्ण बैंक खाताहरू बन्द गर्न लगाउन पनि कोलेनिकालाई पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्