ज्योति लाईफका ७ दिनमा ७ शाखा

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सात दिनमा सात शाखा खोलेको छ । जीवन वीमा योजना तथा सेवामा सर्वसाधारणको पहुँच सहज बनाउन शाखा संजाल विस्तारलाइ प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ । विगत ७ दिनभित्र मीनभवन, गुलरिया, कोहलपुर, घोराही, जीतपुर, भैरहवा, बर्दघाट गरी ७ वटा नयाँ शाखा-उपशाखा स्थापना गरि सेवा शुभारम्भ गरेको कम्पनीले जनाएको छ । यस्तै, ति शाखा संचालन पश्चात कम्पनीको शाखा संजाल ३३ पुगेको छ । यी शाखा सञ्जालबाहेक इच्छुक व्यक्तिले बैंकासुरेन्स सम्झौता अनुरुप एनएमबि बैंकका ९० भन्दा बढी शाखा सञ्जालबाट समेत कम्पनीले जारी गरेका वीमा योजना खरिद गर्न सक्ने जनाइएको छ ।