कर्णालीका दुर्गम क्षेत्रमा टेलिकमको सेवा पु¥याउन माग
दुर्गम जिल्लाका सांसदहरुले घाम नलागेसम्म मोबाइलमा टावर नआउने भन्दै नेपाल टेलिकमको सेवा प्रति गुनासो गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित ‘दूरसञ्चार सेवाको पहँुच, प्रवाह तथा गुणस्तर’ सम्बन्धी अन्त्ररक्रियामा विभिन्न दुर्गम जिल्लाका सांसदहरुले दूरसञ्चार सेवा राम्रो नभएको भन्दै गुनासो गरेका हुन् ।
बझाङ जिल्लाकी सांसद आशाकुमारी विकले बझाङ जिल्लामा हिउँदमा हिउँ परेर टावर नआउने, वर्षामा पानी परेर नआउने र अन्य समयमा दश नबज्दासम्म, घाम नलाग्दा सम्म टावर नआउने गुनासो गरिन् । उनले भनिन्, “हाम्रो जिल्ला हिउँदमा हिउँ परेर टावर आउँदैन, वर्षा लाग्दा वर्षा लागेर टावर आउँदैन, दस नबज्दासम्म घाम नलागेर टावर आउँदैन, साढे तीन बजे अगाडीसम्म घाम लाग्ने ठाउँमा टावर आउँछ, घाम गइसकेपछि फेरी छायाँ पर्ने ठाउँमा टावर आउँदैन ।” जिल्लामा चारवटा सिमकार्डले काम गर्ने तर फरक फरक डाँडामा फरक फरक सिम प्रयोग गर्नुपर्ने बाध्यता रहेको पनि उनले बताइन् ।
जुम्ला जिल्लाका सांसद गजेन्द्रबहादुर महतले फागुन महिनादेखि जुम्लामा एनटीसीले काम नगरेको बताए । उनले टावर विग्रेपछि पनि निर्माण गर्ने कार्यमा ढिलासुस्ती हुने गरेको बताए । उनले जुम्लामा एनसेल जहिले चल्ने तर एनटीसी जहिले विग्रने गरेको पनि बताए । जसका कारण जुम्लाका मानिसहरुमा टेलिकमका कर्मचारीले एनसेलबाट पैसा लिएर टेलिकमको टावर विगार्ने काम गरेको बुझाई रहेको पनि बताए ।
अछाम जिल्लाका सांसद रामबहादुर विष्टले अछाम जिल्लामा १० वटा स्थानीय तह रहेको र केही स्थनीय तहमा अहिलेसम्म मोबाइल सेवा नपुगेको बताए । कालिकोट जिल्लाका सांसद दुर्गाबहादुर रावतले कर्णाली प्रदेशमा अहिले समम नेपाल टेलिकमको प्रादेशिक कार्यालय नभएकाले समस्या पर्दा गुनासो गर्ने ठाउँ नै नपाएको बताए । सबै स्थानीय तहले अनलाइनबाट योजना माग गर्नुपर्ने व्यवस्था रहेको तर इन्टरनेटको सुविधा नहुँदा गतवर्ष कर्णालीका अधिकांस पालिकाहरुले बजेट माग गर्नै नपाएको उनले बताए । इन्टरनेट नै नहुँदा सुर्खेत पुगेर काम गर्नुपर्ने बाध्यता भएको उनले बताए । मुगु जिल्लाका सांसद मोहन बानियाँले दुर्गम जिल्ला अन्य कुराले मात्रै पछाडि परेको नभई सञ्चार क्षेत्रमा पनि दुर्गम रहेको बताए ।
दैलेख जिल्लाकी सांसद पार्वती कुमारी विशुन्केले दैलेख जिल्लामा कम्युटर र इन्टरनेटको कहिल्यै भेट हुँदैन भन्दै व्यङ्ग्य गरिन् । उनले भनिन्, “हाम्रो त समस्या के छ भन्दा कम्युटर र इमेल इन्टरनेटको कहिल्यै भेट हुँदैन ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कर्णाली र सुदूरपश्चिम प्रदेशमा भएको सञ्चार क्षेत्रको समस्याप्रति आफू गम्भिर भएको बताए । उनले कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण रुपमा टेलिकमको सेवा नपु¥र्यासम्म अन्य नयाँ कार्यक्रम र योजना नबनाउने प्रतिवद्धता पनि जनाए ।