सात वर्षे बच्चाको कमाई सवा २ करोड डलर

वासिङटन-खेलौनाको रिभ्यू गर्ने ७ बर्से बालकको कमाई २ करोड २० लाख डलर रहेको छ । उनी यूट्यूबको उच्च आम्दानी गर्ने स्टार पनि भएका छन् ।
फोब्र्स म्यागेजिनका अनुसार र्यान टोइज रिभ्यूका र्यानले जुन सम्मको १२ महिनाको अवधिमा ५ लाख डलरकासाथ अघिल्लो आम्दानी गर्नेलाई पछ्याएका छन् । र्यानको भिडियो आइतबारदेखि १० लाख पटक भन्दा बढी हेरिएको छ ।
‘द डुडे पेर्फेक्ट’ च्यानल तेस्रो स्थानमा रहेको छ । यो च्यानलले २ करोड डलर कमाएको फोब्र्सले जनाएको छ ।
एजेन्ट र वकिलको कर तथा शुल्क समावेश नगरिएको र्यानको आम्दानी अघिल्लो वर्षको तुलनामा दोब्बर भएको छ ।
बालबालिकाले किन उनको भिडियो हेर्छन भनि सोधिएको प्रश्नमा ¥यालने आफु मनोरन्जनात्मक किसिमको र ठट्यौलो भएकाले हेर्ने गरेको बताएका छन् ।
र्यानका अभिभावकले २०१५ को मार्च महिनामा च्यानल स्थापना गरेपछि उनको भिडियो २६ अर्ब पटकसम्म हेरिएको र १ करोड ७३ लाख फलोअर्स पुगेका छन् ।
कुल आम्दानी २ करोड २० लाख डलरमा भिडियो अगाडि राखिएको विज्ञापनबाट मात्रै १० लाख डलर उठेको फोब्र्सले जनाएको छ । बाँकि प्रायोजकको पोष्टबाट आएको छ ।
प्रायोजकको पोष्टबाट भएको आम्दानी अन्य उत्कृष्ट यूट्यूबर्सको तुलनामा थोरै भएको फोब्र्सले जनाएको छ ।