मुगुमा एक जना बालिका मृत अवस्थामा फेला «

मुगुमा एक जना बालिका मृत अवस्थामा फेला

मुगु जिल्लाको उत्तरी सोरुगाउँपालिका–९ कि एक जना बालिका मृत अवस्थामा फेला परेकी छन् ।
शनिबारदेखि हराएकी भनिएकी एक बालिका तीन दिनपछि मुगु कर्णालीमा मृत अवस्थामा फेला परेकी हुन् ।
सोरु गाउँपालिका—९ कि ९ वर्षीया लक्ष्मी चौलागाईं शनिबारदेखि सोही गाउँपालिका—८ तारापानीबाट हराएको जानकारी प्रहरीलाई दिएका थिए । प्रहरी र स्थानीयले खोजतलास गर्दा कतै फेला नपरीकी ती बालिका सोमबार माछा मार्न गएका स्थानीयले सोही गाउँपालिका—८ मुगु कर्णालीको घाट भन्ने स्थानमा चौलागाईंलाई मृत अवस्थामा फेला परेकी छन् ।
सोरु गाँउपालिका—९ कालै स्थायी ठेगान भएका चौलागाईंको घरपरिवार केही समयदेखि सोही गाउँपालिका—८ तारापानीमा बस्दै आएका छन् । शनिबार तारापानीको घर नजिकै खेलिरहेकी ९ वर्षीया लक्ष्मी चौलागाईं शनिबारदेखि हराएपछि स्थानीय र प्रहरीले खोजतलास गर्दा बालिकाको घरदेखि ५ सय मिटर टाढा मुगु कर्णाली नदीमा माछा मार्न गएका स्थानीयहरुले बालिकाको लास मुगु कर्णालीको नदीबीच भागको ढुङ्गामा अडकिएको अवस्थामा फेला पारेको सोरु गाउँपालिका—८ का दानबहादुर शाहीले बताए ।
शव भेटिएको स्थानभन्दा केही मिटरमाथि आधा खाएको चाउचाउका पाकेट र सिंगो अर्को पाकेटसमेत भेटिएको छ । उक्त स्थानको प्रकृति हेर्दा बालिकालाई कसैले ललाई फकाई गर्दै घरबाट टाढा लगी कुनै अनैतिक प्रयास गरी हत्या गरेर नदीमा फालेको हुन सक्ने बालिकाका दाइ नाता पर्ने धर्मराज शाहीले भने ।
लास फेला पारेको स्थानभन्दा केही मिटरयता भेटिएका चाउचाउका पाकेटबाट प्रारम्भिक अनुसन्धान गर्दा तारापानी सीप बजारमा दुई जनामात्र चाउचाउ व्यापारी भएको र शनिबार साँझतिर बालिकाको घरनजिक घर भएका एक छिमेकीले चाउचाउ लिएको खुल्न आएको छ । उक्त घट्नाको शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला कार्यालयका प्रहरी निरीक्षक नरेश विकले जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक विकका अनुसार प्रहरीले नियन्त्रणमा लिएको युवाले आफू शनिबार मादक पदार्थ सेवन गरेको, त्यो दिन ती बालिकालाई आफूले बहिनी सम्झेर चाउचाउ दिन खोज्दा आफूलाई जडेया भनेर जिस्काएपछि उनीलाई हातले हान्न खोज्दा बालिका दौडिएपछि लडेर नदीमा परेको तर आफूले कुनै अनैतिक प्रयास नगरेको ती युवाले प्रहरीलाई बयान दिएको भए पनि थप अनुसन्धानका लागि उनीलाई प्रहरी हिरासतमा राखिएको छ ।
थप अनुसन्धान र पोष्ट मार्टम रिपोर्ट आएपछिमात्र बालिकाको लास कसरी मुगु कर्णाली नदीमा फेला परेको र बालिकाको हत्या वा अरू कारण केहो भन्नेबारे अनुसन्धानपछि मात्र थप जानकारी आउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चित्रबहादुर भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्