‘मेरो माया करोडमा’ सार्वजनिक
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायिका सोना अमात्यको ‘मेरो माया करोडमा’ सार्वजनिक गरिएको छ । सोनाको स्वरसँगै अभिनयसमेत रहेको गीतको भिडियो सार्वजनिक कार्यक्रममा उद्योग वाणिज्य संघकी निवर्तमान अध्यक्ष भवानी राणाको उपस्थितिमा गरिएको थियो । दीपक शर्माको शब्द र संगीत रहेको गीतमा सोनासँगै सुगम पोखरेलको स्वर रहेको छ ।
एड एजेन्सी फुल सर्कलकी सीईओसमेत रहेकी सोनाले ‘मेरो माया’ एल्बमअन्तर्गतको सिंगल गीत सार्वजनिक गरेकी हुन् । उनले आउँदो दिनमा यसका गीतहरुलाई सार्वजानिक गर्दै जाने र एल्बममा संग्रहित गर्नेसमेत बताएकी छिन् । ‘गीतमा न्याय गर्ने कोसिस गरेकी छुँ,’ उनले भनिन् । गीत सार्वजानिक कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका अथितिहरु र मिडियाकर्मीले पनि सोनाको गायकीसँगै अभिनयको प्रशंसा गरेका थिए ।
उनीसँगै भिडियोमा देखिएका सागर लम्साल ‘बले’ ले पनि काम गर्न निकै सहज भएको बताए । उनले पहिलो सहकार्य भए तापनि नयाँ जस्तो नलागेको प्रतिक्रिया दिए । ‘भिडियोको रिहल्सलमा केही नर्भस थिए यद्यपि छायांकनमा भने काम राम्रो हुन्छ भन्नेमा विश्वस्त छु । हाम्रो मेहनतले गीत राम्रो बने जस्तो लागेको छ । सोनाजीसँगकामगर्दा निकै राम्रो भयो’ सागरले भने । उनले गीतमा माया निःस्वार्थ हुन्छ भन्ने भावलाई देखाइएको बताए । सोनाले पनि टीमले राम्रो काम गरेकोमाजोड दिइन् । उनले को–स्टार सागरसँगै निर्देशकगम्भीर विष्टले निकै सहजवातावरण सिर्जना गरेको बताइन् ।
‘गायन र नृत्यसँगै अभिनय पनि छ । यो सम्पूर्ण टीमको कारण सम्भव भएको हो’ सोनाले भने । शशीविक्रम थापासँग संगीतको औपचारिक शिक्षालिएकी सोनाको गायन र अभिनयको प्रशंसा विशिष्ट अतिथि राणाले पनि गरिन् ।
‘उनले गायन र अभिनयमार्फत आफ्नो कामलाई न्याय गरेका छन् । आउँदा दिनमा अझै सफलताको शुभकामना’ राणाले भनिन् । भिडियोमा सागर र सोनासँगै गोविन्द सिंह विष्टको पनि अभिनय रहेको छ । गीतमा माया अमूल्य हुने भावलाई भिडियो र अडियोमार्फत प्रस्तुत गर्ने कोसिस गरिएको छ । भिडियोमा शुभम भुजेलको कोरियोग्राफी, बुद्ध थापाको छायांकन, नविन निरौलाको कलर र सम्पादन , दीपक आचार्यको भिडियो कन्सेप्ट छ भने भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् ।
गीत सार्वजनिक कार्यक्रममा टिकटक च्यालेन्ज पनि घोषणा गरिएको छ । सार्वजनिक गीतको उत्कृष्ट टिकटक बनाउनेमध्ये तेस्रोलाई १० हजार नगद, दोस्रोलाई २० हजार नगदसँगै मोबाइल फोन र पहिलो हुनेलाई ५० हजार नगदसँगै मोबाइल फोन दिइने घोषणा गरिएको छ ।