नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षका लागि ई. भगवान झाको नेतृत्वमा एमाले–जसपाको संयुक्त उम्मेदवारी «

नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षका लागि ई. भगवान झाको नेतृत्वमा एमाले–जसपाको संयुक्त उम्मेदवारी

नेपाल इन्जिनियर्स एसोसिएसनको आगामी वैशाखमा हुने निर्वाचनका लागि प्रमुख सत्तारूढ दल नेकपा (एमाले) र विपक्षी दल जनता समाजवादी पार्टी, नेपालका जनसंगठनबीचको चुनावी गठबन्धनबाट ई. भगवान झाको नेतृत्वमा प्रदेश–२ मा संयुक्त उम्मेदवारी दर्ता भएको छ ।
जसपा समर्थित राष्ट्रिय इन्जिनियर संघ र एमाले समर्थित प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसनबीच नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावमा संयुक्त प्यानल बनाउने सहमति अनुरूप ई. भगवान झाको नेतृत्वमा संयुक्त उम्मेदवारी परेको हो ।
उम्मेदवारी दर्ता गराउनुअघि प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन र राष्ट्रिय इन्जिनियर संघबीच चुनावी गठबन्धन भएको थियो । दुई संगठनले चुनावमा संयुक्त प्यानल बनाउने सहमति गरेका थिय । प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनका अध्यक्ष ई. शम्भुबहादुर श्रेष्ठ र राष्ट्रिय इन्जिनियर संघका अध्यक्ष ई. भगवान झाले संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्र तथा प्रदेशहरूमा संयुक्त रूपमा चुनावी तयारी गर्ने जानकारी दिएका थिए् ।
सीडीई झा प्रदेश २ को विकासको लागि अहोरात्र खटिँदै आएका छन् । विकास अभियन्ताका रूपमा प्रसिद्ध रहेका झा प्रदेशभरि नै सबैको प्रिय छन् । इन्जिनियरहरू झाको उम्मेदवारी दर्ताबाट उत्साही भएका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समिति तथा दोस्रो प्रदेृश कार्यकारिणी समितिको चुनाव वैशाख २४ मा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्