सुनसरीको प्लाइ उद्योगमा भीषण आगलागी, २४ घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेन «

सुनसरीको प्लाइ उद्योगमा भीषण आगलागी, २४ घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेन

संजिता धमला
सुनसरीको इटहरीको प्लाइटहरीको तिरुपतिप्लाई उद्योगमा हिजो (सोमबार ) बिहान साढे ७ बजेदुखिलागेको आगो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
आगलागी सुरु भएपछि इटहरी, सुन्दर हरैंचा, उर्लाबारी, विराटनगर र इनरुवाबाट आएका २० वटा दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरेको २४ घण्टा बित्दा पनि आगलागी नियन्त्रण हुन नसकेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीले बताए ।
इटहरी–१० विराटनगर लाइन दक्षिणमा रहेको तिरुपतिप्लाई उद्योगमा आगो के कारण लाग्यो भन्ने यकिन हुन नसकेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । आगोलाई नियन्त्रणमा लिनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, जनपथप्रहरी र स्थानीय खटेका थिए ।
प्लाई उद्योग भएकोले उद्योगको भित्रीभागमा लागेको आगो नियन्त्रण गर्न समस्या भएको बताइएको छ । हालसम्म आगो ९० प्रतिशत मात्रै नियन्त्रण गर्न सकिएको र भित्रीभागमा आगो लागिरहेको घटना स्थलमा रहेका प्रहरीले बताएका छन् ।
उद्योगभित्र राखिएको प्लाईको थाकमालागेको आगो निभाउन समस्याभएको बताइएको छ । आगलागीबाट के कति क्षतिभयो क्षतिको विवरण आगो नियन्त्रणमा आइनसकेकाले आएको छैन ।

प्रतिक्रिया दिनुहोस्