कारोबारकर्मी पौडेल सम्मानित «

कारोबारकर्मी पौडेल सम्मानित

अर्घाखाँची जिल्लामा रही विगत ७ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील कारोबारकर्मी घनश्याम पौडेल सम्मानित भएका छन् । सहकारीको क्षेत्रमा कलम चलाई संघसंस्थाहरुलाई पत्रकारिताको माध्यमबाट सहयोग गरेको भन्दै अर्घाखाँची जिल्लाका बचत तथा ऋण सहकारी संघको आवद्धता रहेको अर्घाखाँची बचत तथा ऋण सहकारी संघले उनलाई सम्मानित गरेको हो ।
पाँचौँ वार्षिक साधारणसभाको अवसर पारेर बचत तथा ऋण सहकारी संस्थालाई पत्रकारिताको क्षेत्रबाट पु-याएको योग्दानको कदर गर्दै सम्मानित गरेको संघका अध्यक्ष प्रकाश भुसालले बताए ।
साधारणसभाका प्रमुख अतिथी मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्माले पत्रकारिताको क्षेत्रबाट आगामी दिनमा पनि सहकारी संघसंस्थालाई सहयोग गर्न आग्रह गर्दै सम्मानित भएकोमा बधाई ज्ञापन गरेका थिए । अर्घाखाँची जिल्लाभरका ३० बचत तथा ऋण सहकारी संघको आवद्धता रहेको छ । साधारणसभामा साथी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धर्मराज भुसाललाई पनि सम्मानित गरिएको छ ।
साधारणसभाले द्रोणप्रसाद भुसालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षद्वयमा चन्द्रप्रसाद श्रेष्ठ, पार्वती भुसाल, सचिवमा धर्मराज भुसाल, कोषाध्यक्षमा यमकला बन्जाडे चयन भएको निर्वाचन समितिका संयोजक कृष्ण पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्