श्रीलंकन टोलीसँग खेल्दै त्रिभुवन आर्मी «

श्रीलंकन टोलीसँग खेल्दै त्रिभुवन आर्मी

पाहुना टोली श्रीलंकन पुलिस स्पोर्टस् क्लबलाई आतिथ्यता गर्दै बुधबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ सुरुआती छनोट चरणको खेल खेल्दैछ ।
मंगलबार प्रि म्याच कन्फरेन्समा बोल्दै दुवै टोलीले सुखद नतिजा निकाल्दै अघिल्लो चरण प्रवेश गर्ने लक्ष्य राखेको बताएका छन् । एएफसीकप २०२१ सुरुआती छनोट चरणमा श्रीलंकाली लिग च्याम्पियन श्रीलंका पुलिस स्पोर्टस् क्लबले बुधबार दशरथ रंगशालामा त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दैछ ।
मंगलबार सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टिमले त्यस खेलका लागि तयार रहेको र त्यसमा राम्रो प्रदर्शनको उद्देश्य रहेको बताए । घरेलु दर्शकको साथ पाउने अपेक्षा गरिएको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले जितसँगै नेपाली फुटबल समर्थकलाई खुसी दिन चाहेको बताए ।
यस्तै कप्तान भरत खवासले पनि प्रशिक्षकको कुरामा सहमत जनाउँदै टिमको तयारी राम्रो रहेको बताए ।
श्रीलंका पुलिस एससीका प्रमुख प्रशिक्षक झिलाउ एलपेन्सुले कोरोना भाइरसको महामारीका कारण खेलाडीले ढिलामात्र तयारी गरेको बताए । पहिलो पल्ट एएफसीमा सहभागिता भएको र टोलीमा कोही पनि राष्ट्रिय खेलाडी नभएकाले खेल प्रभावित हुने डर प्रशिक्षकको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले लाइसेन्स पाएपछि आर्मीले एसियाली क्लब प्रतियोगिता खेल्न थालेको यो पहिलो पल्ट हो । यसअघि मनाङ मस्र्याङ्दी ०७१ को विजेताका रूपमा एएफसी प्रेसिडेन्ट्स कप खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्