माओवादीका चार सांसद कारबाहीमा «

माओवादीका चार सांसद कारबाहीमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारमा मन्त्रीसमेत रहेका ४ जना संघीय सांसदलाई कारबाही गरेको छ ।
टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पार्टी सदस्य नरहने गरी माओवादी केन्द्रले कारबाही गरेको हो ।
उनीहरु चारै जना नेपाल कम्युनिस्ट पार्टी एमालेको ओली समूहमा लागेका छन् । यसबारे स्पष्टीकरण सोधिएको थियो। तर प्रभु साहबाहेक अन्य मन्त्रीले जवाफ दिएका थिएनन् ।
जवाफ दिने प्रभुको पनि स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कारबाही गरिएको प्रचण्डद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ । प्रचण्डको निर्णयपछि संसद सचिवालयमा मंगलबार दर्ता गरिएको पत्रमा हाल मन्त्री रहेका चारै सांसदलाई दल त्यागबारेको जानकारी सदनमा पेस गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्