नेपाली उत्पादनलाई विदेशी ब्रान्ड बनाएर बिक्री गर्ने उद्योगमा शिलबन्दी «

नेपाली उत्पादनलाई विदेशी ब्रान्ड बनाएर बिक्री गर्ने उद्योगमा शिलबन्दी

तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु बजारमा शुक्रबार बजार अनुगमन गर्दै गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी लगायत । अनुगमनका क्रममा केही पसलमा अखाद्य वस्तु बरामद भएको छ । तस्वीर :कृष्ण न्यौपाने/रासस


नेपाली उत्पादनलाई विदेशी ब्रान्डको नाम दिएर महेन्दीसँगै अन्य कस्मेटिक बिक्री वितरण गर्ने उद्योगमा शिलबन्दी गरिएको छ ।
काठमाडौैंको कलंकीस्थित हबिब काला कोकिला हिनाज नामको उद्योगले भारतीय ब्रान्डमा नेपाली महेन्दी उत्पादन गरी बिक्री गरेको फेला परेपछि शिलबन्दी गरिएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा सो उद्योगले उपभोक्ता संरक्षण ऐनको दफा १६ विपरीत अनुचित व्यापापार गरेको फेला परेपछि उद्योग शिलबन्दी गरेको जानकारी दिएको छ ।
विभागका प्रवक्ता शिवराज सेढाईले विदेशी ब्रान्डमा नेपाली उत्पादन गरेको फेला परेपछि उद्योग शिल गरिएको जानकारी दिए । विदेशी ब्रान्ड प्रयोग गरी जनस्वास्थ्यमा हानी नोक्सानी पुग्ने गरी अप्रमाणित रसाय मिश्रण गरी मेहेन्दीलगायतका तीन दर्जन भन्दा बढी किसिमका कस्मेटिक वस्तु गोप्य रुपमा उत्पादन गरी बिक्री गर्ने गरेको पाइएको उनले जानकारी दिए ।
स्वदेशी उत्पादनलाई झुक्याएर विदेशी ब्रान्ड बनाएर बिक्री गर्ने उद्योगलाई कारबाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । गोप्य सूचनाका आधारमा महानगरी प्रहरी अपराध महाशाखाको सहयोगमा उत्पादन स्थल, तथा बिक्रीस्थलहरु समेत शिल गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको विभागले जानकारी दिएको छ । सो व्यवसायमा प्रत्यक्ष संलग्न एक जना व्यक्ति र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको विभागले जानकारी दिएको छ । उद्योगलाई थप अनुसन्धान गरेर कसुर अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने सेढाईले जानकारी दिए ।
हालै बालाजुमा रहेको राजेश हार्डवेयर पसलले कम तौलको डण्डी बिक्री गरी उपभोक्ता ठगि गरेको फेला परेपछि विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको थियो । पछिल्लो समय विभागले नियमितरुपमा बजार अनुगमन गरिरहेको छ । उपभोक्ता ठगि गर्ने व्यवसायीलाई कारबाही गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्