नेपालको संरक्षण र आर्थिक विकासमा नेताको योगदान «

नेपालको संरक्षण र आर्थिक विकासमा नेताको योगदान

नेपालको राज्य सञ्चालनका क्रममा श्री ३ जंगबहादुर राणा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैभन्दा शक्तिसम्पन्न सरकार प्रमुख मानिन्छ ।

देशको शासन व्यवस्था सञ्चालन, नियन्त्रण र व्यवस्थापन गर्न आवश्यक अधिकारप्राप्त व्यक्तिलाई कार्यकारी भनिन्छ । यिनले देशको शासन व्यवस्थालाई नियमित रूपमा सञ्चालन गरिरहेका हुन्छन् । देशका कार्यकारी नै सरकार प्रमुख हुन् । कानुन कार्यान्वयन गराउने सन्दर्भमा यिनले महŒवपूर्ण भूमिका खेल्छन् । वास्तवमा कार्यकारी नै शासक हुन्, उनले राज्य सञ्चालनका क्रममा आफ्नो अधिकारको प्रयोग गरिरहेका हुन्छन् । नेपालको राज्य सञ्चालनका क्रममा श्री ३ जंगबहादुर राणा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैभन्दा शक्तिसम्पन्न सरकार प्रमुख मानिन्छ । यिनले नेपालको उन्नति र विकासमा के–कस्ता योगदान पु-याए, तुलनात्मक विश्लेषणबाट स्पष्ट हुन्छ ।
प्रजातान्त्रिक मुलुकमा राज्य सञ्चालन गर्न कार्यकारी प्रत्यक्ष नागरिकको अभिमत वा संसदीय प्र्रणालीअनुरूप छनोट गरिएको हुन्छ । प्रभावशाली, क्षमतावान्, विद्वान्, काँधमा जिम्मेवारी, छातीमा इमानदारी, मस्तिष्कमा समझदारी र व्यवहारमा सदाचारीपन अँगालेको व्यक्तिलाई कार्यकारी बनाउने÷बन्ने प्रचलन विद्यमान छ । यो समय र चेतनाले पनि निर्धारण गर्छ । आमनागरिकको मन जितेर आउने प्रक्रिया आजको विश्वमा प्रचलित छ । नेपालको इतिहासमा वर्तमान कार्यकारीले जस्तो अख्तियारको प्रयोग गर्न पाउने कार्यकारी श्री ३ जंगबहादुर मात्र थिए । वास्तवमा यति धेरै शक्तिशाली सरकार प्रमुखले नेपालको उन्नति, संरक्षण र विकासमा के–कस्तो योगदान पु¥याए, जुन कुरा इतिहासले कहिल्यै बिर्संदैन ।
श्री ३ जंगबहादुर राणाको योगदान :आंशिक रूपमा सतिप्रथाको अन्त्य, वि.सं १९१० मा मुलुकी ऐन जारी, वि.सं १९१० बाट अंग्रेजी शिक्षाको सुरुवात, वि.सं १९१२÷१३ मा नेपाल तिब्बत युद्ध गरी नेपाली स्वाभिमानको रक्षा, वि.सं. १९१२ मा थापाथली सन्धि गरी नेपाललाई तिब्वतबाट आर्थिक लाभ, वि.सं. १९१७ मा नेपालको गुमेकोे भूभाग बाँके, बर्दिया, कैलाली र कञ्चनपुर प्राप्त (जसलाई नयाँ मुलुक भनेर चिनिन्छ), देशमा भ्रष्टाचार गर्नेलाई सीधै मृत्युदण्ड दिने व्यवस्था, देशको सिमाना रक्षाका लागि ८ सय ६४ वटा जंगेपिलर राखिएको, जुन आजसम्म पनि सिमानामा कतै देख्न पाइन्छ । बेलायत भ्रमणमा नेपालीको मान र सान स्थापना, गिद्धेप्रेसको सुरुवात, नेपाली पोसाकको संरक्षण, ऐतिहासिक संरचनाको संरक्षण र पुनर्निर्माण, देशको पैसा देशमै खर्च गरी भौतिक संरचना निर्माण, प्रायः तिनै संरचनामा नेपाल सरकारका मन्त्रालयहरू बसेका छन् । आफ्नो भूभाग क्षय हुने गरी कुनै पनि शान्ति सम्झौता गरेनन् ।
अस्थिर सरकारलाई स्थिरता प्रदान, भ्रष्टाचार र राष्ट्रलाई आन्तरिक कलहमा फसाउनेलाई मृत्युदण्डको व्यवस्था, काठमाडौँमा बसेका अंग्रेज रेजिमेन्टको निरन्तर निगरानी र आफ्नो नीतिमा रेजिमेन्ट बस्नुुपर्ने आदेश, सरकारी जग्गा–जमिनको संरक्षण, देशको ऐतिहासिक अभिलेख प्रमाण राखिने जैसीकोठाको पूणतः सुरक्षा, वैदेशिक सहयोग र ऋण लिन बन्देज गराएका, प्राकृतिक प्रकोपका कारण बाली नष्ट भएमा मालपोतको तिरो छुट दिने व्यवस्था, जातभातका विरोधी, निडर, साहसी, घोडाचढीका सौखिन ३० वटा अरबी घोडा झिकाई चढेका र आफन्तलाई समेत बाँडेका, जानाजान गल्ती गर्नेलाई तत्काल कारबाही, बोक्सीको आरोपमा ज्यान लिने प्रथाको अन्त्य, स्वार्थवश प्राप्त सहयोगको विरोधी, राज्यमा गुप्तचरको व्यवस्था, जसको आधारमा आवश्यक काम–कारबाही गर्ने, राजनीतिक स्थायित्व प्रदान गर्न विभिन्न पर्व घटाएका, बेलायतकी महारानी भिक्टोरियाबाट ‘हिज एक्सलेन्सी’ को उपाधि प्राप्त, सार्वजनिक पार्क, मन्दिर पाटीपौवा, सतल निर्माण र १३ छोरा र २० छोरीका पिता थिए ।
वर्तमान शक्तिशाली कार्यकारी श्री खड्गप्रसाद ओली (केपी ओली) को योगदान : नेपालका लागि ठूलो अहितकारी महाकाली सन्धि अध्ययन कार्यदल संयोजक बनी महाकाली बेचेर व्यक्तिगत फाइदा लिएका, विभिन्न हत्याकाण्डमा दोषी ठहरिएर १४–१४ वर्ष जेल जीवन बिताएको योग्यता प्राप्त गरेका, वि.सं. २०७२ को नाकाबन्दीमा भारतविरुद्ध बोलेजस्तो गरेर २०७४ को चुनाव जित्न सफल, यातायात क्षेत्रको कार्टेलिङ हटाउने निर्णय गरी फिर्ता लिएको, आयल निगमको जग्गा खरिद प्रकरण, वाइडबडी विमान खरिद काण्डको ठूलो भ्रष्टाचारलाई बेवास्ता गरेको (पछि पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा ज्यान गयो), विद्युत् प्राधिकरणको महसुल काण्ड, विश्वविद्यालयमा असक्षमलाई नम्बर थपेर सक्षम बनाउने काण्ड, एनसेल कर छुट काण्ड, आफ्नै महासचिवले बालुवाटारको सरकारी जग्गा लिएका र जनविरोधपछि फिर्ता गर्न लगाई संरक्षण गरेको, नक्कली भ्याट बिलकाण्ड, टेलिकम काण्ड, सेक्युरिटी प्रेस खरिद काण्डका नाइके सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोडको कमिसन डिलिङ काण्डबाट मन्त्रीलाई बिनाकारबाही उन्मुक्ति दिएको, कोभिड–१९ को औषधि र वस्तु खरिद काण्डमा मुछिएकालाई बचाएको, निर्मला हत्याकाण्डको मुद्दालाई विलय गराएको, आफ्नो भूमिमा भारतले वर्षौंदेखि बाटो बनाइरहेको थाहा नपाएको, थाहा पाएर नक्सा जारी गरिहेरेको, सिमाना छुट्ट्याएर बाँसका घोचासम्म गाड्न नसकेको, ३३ किलो सुनकाण्डले नेपाल प्रहरी प्रशासनलाई कमजोर बनाएको, संसद् अपहरण गर्ने हर्कत गरी नेपाल प्रहरीको अस्मिता लुट्नुका साथै जनप्रतिनिधिको दुरुपयोग गरी जनप्रतिनिधि चुन्ने नागरिकको इज्जतमा आँच पु¥याएको, महामारीले आक्रान्त पारिरहेको समयमा अध्यादेश ल्याई निरंकुशता लाद्न खोजेको, दुई–दुईवटा मानार्थ विद्यावारिधि प्राप्त गरेको, नियमित सिङ्गापुरमा उपचार गराइरहेको, राष्ट्रको ठूलो ढुकुटी सकेर करोडौं खर्च गरी गाउँमा जन्मोत्सव मनाएको, जसमा केक नै नेपालको नक्सा अंकित बनाएको, जसलाई रमाई–रमाई चिरा–चिरा बनाएर खाएको, मिडियालाई आफूअनुकूल बनाउने प्रयास गरेको, अख्तियारको घूसकाण्डलाई छुट दिएको, गुन्डा र दोषीहरूलाई जनप्रतिनिधि बनाएको, कोरोना महामारीको समयमा आयोग गठन गरी आफ्नाका लागि भर्ती केन्द्र बनाएको, पशुपति शर्माको यथार्थपरक गीतमा प्रतिबन्ध लगाएको, देशको प्रधानमन्त्री एउटा संस्थाको कार्यक्रममा सोल्टी होटलमै बसी होली वाइन पिएको, हास्यास्पद पानीजहाज कार्यालय खोली डेढ करोडको गाडी खरिद गर्न आह्वान गरेको, आफू र आफ्ना विरोधीलाई फसाउने काण्ड मच्चाएको, जस्तै : रवि काण्ड… सार्वजनिक टुँडिखेल भाडामा लगाई खाने अवसर दिएको, ८० करोडको राहत बाँडेको खुलासा गरेको तर आमसर्वसाधारण नागरिकले नपाएको, भानरतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलसँग विं.सं. २०७७ साल कात्तिक ५ गते बुधवार राति आफ्नै निवासमा भेटी लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको चुच्चे नक्सा गायब, पुस ५ गते राष्ट्रलाई निकास दिएको भन्दै गणतन्त्रलाई कु गरेको, भ्रष्टाचारमा ससाना राष्ट्रसेवक कर्मचारीलाई मात्र समाउने गरेको ।
विपक्षी पार्टीको सर्वसम्मतिमा नेपाल सरकारका विभिन्न संघसंस्थामा गर्नुपर्ने नियुक्तिमा स्वच्छ छविको व्यक्तिलाई गर्नुपर्ने तर नियमविपरीत नियुक्ति गरिएका निकाय र संस्थाहरू : लगानी बोर्डको कार्यकारी प्रमुख– सुशील भट्ट, रेलवे विभाग महाप्रबन्धक– गुरु भट्टराई, मुस्लिम आयोगको अध्यक्ष– सलिममिया अन्सारी, नेपाल वायुसेवा निगमको अध्यक्ष सुशील घिमिरे, राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव– रमेश सिलवाल, नगरविकास कोष– कृष्णप्रसाद सापकोटा, लुम्बिनी विकास कोष कार्यकारी प्रमुख– ज्ञानिन राई, सिटिइभिटी उपाध्यक्ष– खगेन्द्र अधिकारी, प्रेस काउन्सिल– दुर्गा भण्डारी, नेपाल ट्रस्ट– सीताराम सापकोटा (यती समूह), स्पेनकी राजदूत– दावाफुटी शेर्पा, केयूकेएल– मिलनकुमार शाक्य, अस्ट्रेलियाका राजदूत– महेशराज दहाल, राजस्व प्रशासन बोर्ड अध्यक्ष– महेश दहाल, स्टाफ कलेज– राजन खनाल, वैदेशिक रोजगार बोर्ड सदस्य– कैलाश खड्का, केयूकेएल महाप्रबन्धक– मिलनकुमार शाक्य, राजस्व परामर्श बोर्ड सदस्य– निर्मलहरि अधिकारी, काठमाडांै उपत्यका खानेपानी विकास बोर्ड कार्यकारी निर्देशक– सञ्जीव राणा, न्यायपरिषद सदस्य– लक्ष्मीबहादुर निराला खड्का, कु गर्नुअघि रिक्त सबै संवैधानिक निकायमा नियुक्ति रहेका छन् । आज संसद विघटन गरी अफूलाई समेत पार्टीविहीन व्यक्तित्वका रूपमा प्रस्तुत गरे भने नेपाल कम्युनिस्ट पार्टीलाई अवैध तुल्याइदिएका दिए । यी सबै काम प्रधानमन्त्रीको निजी, व्यक्तिगत निर्णयबाट भएको आमसर्वसाधारणको बुझाइ छ ।
अन्त्यमा, शक्तिमात्रले सुव्यवस्थापन र अमनचयन कायम गर्न सक्दैन । शक्ति र अधिकारको प्रयोग राष्ट्रिय हितमा समर्पण गर्न सकियो भने राष्ट्रिय सान र मान दुवै फस्टाउँछ । व्यक्तिगत स्वार्थमा लगाइएको शक्ति र अधिकारले इतिहास रच्दैन-इतिहास रच्ने शिखरमा पुगेर रच्ने पथ सिर्जना गर्न नसक्नु जिउँदै मरेको जीवनसरह हो । हरेक मानिसको जीवनमा एकपटक असल काम गर्ने अवसर आउँछ, त्यसको सदुपयोग गर्न नसक्नु व्यर्थको जीवन जिउनु हो । हामी सबैले आफ्नो शक्ति र अधिकारको प्रयोग राष्ट्रिय हितमा लगाएर स्तरअनुरूपको इतिहास रच्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्