सनराईजको क्यूआर कोड सेवा टेम्पो र इ–रिक्सामा «

सनराईजको क्यूआर कोड सेवा टेम्पो र इ–रिक्सामा

सनराईज बैंकले विराटनगरको टेम्पो तथा इ–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । उक्त सेवाको शुभारम्भ विराटनगरको बरगाछी स्थित केशरीचन्द भवरलालको टेम्पो विक्री केन्द्रबाट यस बैंकका प्रदेश १ का प्रमुख विवेक निरौलाले गरेका हुन् ।
प्रथम चरणमा ७० वटा टेम्पो तथा इ–रिक्सामा क्यूआर वितरण गरी कार्यक्रम सम्पन्न भएको छ । टेम्पो तथा इ–रिक्सा चढ्ने ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै रिक्सा भाडा भुक्तानी गर्न सक्ने बैकले जनाएको छ ।
नगद तथा कार्ड प्रयोगको विकल्पमा क्यूआर कोड भुक्तानी अझै छिटो, झन्झटमुक्त हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्