कुमारी बैंक र कैलाली हस्पिटलबीच सम्झौता
आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र धनगढीस्थित कैलाली हस्पिटल प्राइभेटबीच स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
कुमारी बैंक लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रमुख श्री दिपक खनालज्यू र कैलाली हस्पिटल प्राइभेट लिमिटेडका जनकराज जोशीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता–पत्रअनुसार कैलाली हस्पिटल प्राइभेट लिमिटेडमा ओपिडि, बेड चार्जेज, एक्स–रे, इन्डोस्कोपीलगायत विभिन्न उपचार सेवा शुल्कमा सेवाग्राहीले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउन सक्ने बैकले जनाएको छ ।
।