टीबीसी जब फेयर हुने «

टीबीसी जब फेयर हुने

काठमाडौंको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘टीबीसी जब फेयर–२०२१ को आयोजना गर्ने भएको छ । कलेजले थापाथलीस्थित आफ्नै भवनमा आगामी अप्रिल ९ मा जब फेयरको आयोजना गर्न लागेको जनाएको छ । जब फेयरमा प्रतिष्ठित २५ कम्पनीहरुको सहभागीता रहने कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डलले बताए ।
कलेजको स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी हुन पाउने जनाइएको छ । जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति रहने कलेजले जनाएको छ ।
जब फेयर भन्दा अघि सहभागी हुन चाहने विद्यार्थीहरुले सर्वेक्षण फर्म भर्नुपर्नेछ । जब फेयरमा आउन चाहने विद्यार्थीहरुलाई कलेजले तालिम समेत प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्