डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा पोखरेल
डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल निर्वाचित भएका छन् । एशोसिएसनको १५औं वार्षिक साधारण सभाले पोखरेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । यस अघि एशोसिएसनमा अध्यक्ष गरिमामा विकास बैंकका कार्यकारी अधिकृत गोविन्द ढकाल थिए ।
सभामा अन्य पदाधिकारीहरुलाई समेत सर्वसम्मतिबाट निर्वाचित भएका छन् । उपाध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका सीइओ सुयोग श्रेष्ठ, सचिवमा महालक्ष्मी विकास बैंकका सीइओ बोधराज देवकोटा, कोषाध्यक्षमा कामना सेवा विकास बैंक सीइओ प्रविण बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा नरेशसिंह बोहरा, प्रकाश पौडेल, प्रकाश पौडेल, श्रीचन्द्र भट्ट, नविन सुवेदी र उमेशकुमार आचार्य निर्वाचित भएका छन् । नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरी कार्यभार समेत सम्हाली सकेका छन् ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले आफ्नो कार्यकारलमा विकास बैंकहरु विकास र विस्तारका लागि कटिबद्ध हुने बताए । बिगतमा ९० को संख्यामा रहेका विकास बैंकहरु मर्जर र प्राप्तीमा समावेश भएर १९ मा भर्दा पनि मार्केट सेयरका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका बिकास बैंकहरुको उपलब्धि भएको उनको भनाइ छ ।
यसअघि एशोसिएसनको उपाध्यक्ष रहँदा विकास बै.कहरुको लागि नियामक निकायसँग समन्यव र सहजिकरण गरेको हुँदा भविष्यमा त्यसलाई निरन्तरता दिने उनले प्रतिवद्धता गरे ।