कोकाकोलाको विशेष अफर «

कोकाकोलाको विशेष अफर

कोकाकोलाले यस गर्मीमा ‘घरमा स्पेशल खानाको सानो ट्रिट’ ट्यागलाइनका साथ उपभोक्ताहरूको लागि प्रवद्र्धन क्याम्पेन ल्याएको छ । उपभोक्ताहरुका लागि घरमा खानाको क्षणहरु विशेष र अविस्मरणीय बनाउन नेपालमा कोकाकोलाले २.२५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलीलिटर प्याकको निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
कोकसँग एउटा साधारण खानापनि एक उत्सवमा परिणत हुन सक्छ भन्ने यसको सन्देश रहेको कमपनीको भनाइ छ । कोकाकोलाले सधैं उपभोक्ताहरूसँग सम्बन्ध बलियो बनाउनको लागि सधै युनिक क्याम्पेन ल्याउँदै रोमाञ्चक र अविस्मरणीय अनुभवहरू प्रदान गर्दै आएको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्