सिभिल बैंकका सहयोग सामुदायिक विद्यालयलाई «

सिभिल बैंकका सहयोग सामुदायिक विद्यालयलाई

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सुरेन्द्र ढकाल फाउन्डेसनलाई सामुदायिक विद्यालय सहयोगका लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।
सिभिल बैंकका नायव प्रमुखकार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले उक्त सहयोग रकम फाउन्डेसनका अध्यक्ष सुरेन्द्र ढकाललाई हस्तानतरण गरे । पाँच लाखभन्दा बढी ग्राहकलाई ११४ शाखामार्पmत सेवा प्रदान गरिरहेको बैंकको यस एक्सटेन्सन काउन्टर सहित ८ एक्सटेन्सन काउन्टरहरु स्थापना गरिसकेको छ । जसमध्ये ५ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजस्व संकलन गर्न स्थापित गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्