सिटिजन लाइफको ‘विद्यार्थीसँग बिमा’ «

सिटिजन लाइफको ‘विद्यार्थीसँग बिमा’

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाकाल देखिनै जीवन बिमा व्यवसायलाई विस्तृत रुपमा हरेक नेपालीको पँहुचमा पु¥याइ बिमाको सचेतना वढाउने उद्देश्यले विभिन्न विद्यालय तथा कलेजहरुमा ‘विद्यार्थीसँग बिमा’ कार्यक्रम गर्दै आएको छ ।
कम्पनीका ब्रान्ड एम्बेस्डर मदनकृष्ण श्रेष्ठद्वारा उद्घघाटन गरिएको कार्यक्रम सर्वसाधारणका लागि सचेतनामूलक र लाभदायी देखिएको बताए । कार्यक्रमले गाउँ–गाउँमा बिमा प्रतिजनचेतना जगाउन मद्दत पुगेको कम्पनीले जनाएको छ ।
कम्पनीले पहिलो वर्ष ३० वटा विद्यालय र कलेज गरी करिब ५ हजार ४ सय विद्यार्थी, दोश्रो वर्ष ८७ वटा विद्यालय र कलेज गरी १९ हजार र तेस्रो वर्षमा करिब ४० वटा विद्यालय र कलेज गरी ७ हजार २ सय भन्दा बढी विद्यार्थीलाई बिमा सम्बन्धी ज्ञान दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्