नेपालीका श्रम गन्तव्यमा कोरोना संक्रमण बढ्यो «

नेपालीका श्रम गन्तव्यमा कोरोना संक्रमण बढ्यो


नेपालीको प्रमुख श्रम गन्तव्य कतारलगायत खाडीका देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या बढ्न थालेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो समय श्रमिक सहित विदेशमा थप ४ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता कतारमा ३ जना र रुसमा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।
एनआरएनएका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म २३ देशमा रहेका ३ सय ४९ जना नेपालीको निधन भएको छ । संयोजक डा. सापकोटाका अनुसार यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म ५४ देशमा ६५ हजार २ सय ८७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६२ हजार ६ सय ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा संक्रमणमुक्त हुने दर ९६ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्