अजोड इन्स्योरेन्सको धितोपत्र कारोबारमा छानबिन
अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनुअघि नै धितोपत्र कारोबारमा वृद्धि भएको सम्बन्धमा धितोपत्र बोर्डमा प्राप्त गुनासाको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको जनाएको छ ।
धितोपत्र बोर्डले चैत १८ मा सो सम्बन्धी कारोबारको अवस्था, प्रारम्भिक सुपरीवेक्षणमा देखिएको विवरण तथा कारोबार सम्बन्धी विवरण बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेको पनि जनाएको छ । धितोपत्र बजारले चैत १९ गतेको पत्रमार्फत् अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन गर्ने सूचना प्रकाशन अघि नै चैत १६ गते भएको धितोपत्र कारोबारमा १० प्रतिशत वृद्धि भई सर्किट लागेको भनि सो कारोबार सम्बन्धी विवरण बोर्डमा पेश गरेको छ ।
यसै सन्दर्भमा उल्लेखित कारोबारका सम्बन्धमा थप अध्ययन÷अनुसन्धान गर्न बोर्डले आफ्ना निर्देशकको संयोजकत्वमा सोमबार उप–समिति गठन गरी जाँचबुझ कार्य अगाडि बढाइसकेको जनाएको छ । साथै बोर्डले यस सम्बन्धमा कुनै भित्री कारोबार भएको पाइएमा नियमानुसार कारवाही अगाडि बढाइने व्यहोरा जानकारी गराएको छ ।
धितोपत्र बजारका स्थापित मूल्य, मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न पनि बोर्डले अनुरोध गरेको छ ।