भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गरौं – राष्ट्रपति «

भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गरौं – राष्ट्रपति

पोल्याण्ड- राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ वातावरण आगामी पुस्ताहरुलाई हस्तान्तरण गर्नुपर्ने बताएकी छिन् । संंयूक्त राष्ट्रसंघिय प्रारुप महासन्धी (यूएनएफसिसिसि) का पक्ष राष्ट्रहरु बीचको २४ औं अन्तराष्ट्रिय सम्मेलन (कोप २४) को उच्च स्तरीय बैंठकलाई सम्बोधन गर्न पोल्याण्ड भ्रमणमा रहेको राष्ट्रपति भण्डारीले सम्मेलनमा उपस्थित नेपालीहरुसँगको भेटमा उनले वातावरणीय स्वच्छता भावी पुस्ताहरुलाई हस्तान्तरण गर्नुपर्ने कुरामा जोड दिएकी हुन् ।
“अहिलेको वातावरण बिगार्ने होईन की भावी पुस्तालाई जस्ताको तस्तै हस्तान्तरण गर्नु आवश्यक छ,” भेटघाटमा मा उनले भनिन्, “जलवायु परिवर्तन न्यूनिकरणका कार्यक्रमलाई निरन्तरता दिनुपर्छ, हाम्रो धर्ति सुरक्षित हुनुपर्छ, तपाईहरु वातावरणको क्षेत्रमा काम गर्ने जो जो हुनुहुनन्छ यो धर्तिको सुरक्षाकर्मी पनि हो ।”


कार्यक्रममा वन मन्त्रालयका सह–सचिव डा. महेश्वर ढकालले जलवायु परिवर्तनका बिषयलाई प्रथामिकता दिनुपर्ने भन्दै राष्ट्रपति भण्डारीको ध्यान आकर्षण गराएका थिए ।
पूर्व योजना आयोगका उपाध्यक्ष डा. दिनेश देवकोटाले जलवायु परिवर्तनका नीति तथा कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यन्वयनको आवश्यकता रहेको बताए ।
जलवायु परिवर्तनविद् मञ्जित ढकालले जलवायु परिवर्तनका प्रभावकारी कार्यक्रम कार्यन्वयनका लागि छलफलका कार्यक्रमहरुलाई निरन्तरण दिनुपर्ने सुझाव दिएका छन् । “कोपमा उठेका ऐजेन्डाहरु नेपाल फर्किएपछि पनि निरन्तरता दिनु आवश्यक छ, अनि हाम्रा नीति कार्यन्वयनमा प्रभावकारीता देखिन्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्