ज्योति लाईफ र ब्लू बर्ड इन्टरनेसनलबीच सम्झौता «

ज्योति लाईफ र ब्लू बर्ड इन्टरनेसनलबीच सम्झौता

आफ्ना ग्राहकलाई बिमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा ब्लू बर्ड इन्टरनेसनल क्लिनिकसँग विभिन्न स्वास्थ्य परीक्षण, उपचार तथा बिमाका सेवामा साझेदारी गर्ने सम्झौता भएको छ ।
सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा सेयरधनीहरुलाई प्रदान गरिने विशेष कार्ड ज्योतिकेयर्स कार्डबाहक ग्राहक तथा निजका परिवारका सदस्यहरुले ब्लू बर्ड इन्टरनेसनल क्लिनिकमा विभिन्न स्वास्थ्य परीक्षण तथा उपचार सेवामा ७देखि २० प्रतिसतको छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
ज्योति लाईफले ब्लू बर्डका कर्मचारीको सामुहिक म्यादी जीवनको सेवा प्रदान गर्नेसहमति भएको छ । त्यसैगरी ज्योति लाईफमा बिमा गर्न चाहने ग्राहकको आवश्यक स्वास्थ्य परीक्षण समेत ब्लुबर्ड क्लिनिकमा गर्न सकिने पनि जनाएको छ ।
३५ घातक रोगको ५० लाखसम्मको सुरक्षालगायत जीवन बिमाको विभिन्न नौला एवं उपयोगी सुबिधा पस्किँदै आएको ज्योति लाईफ र ब्लुबर्ड अन्तर्राष्ट्रिय क्लिनिकबीच भएको सम्झौताबाट दुवै सेवा प्रदायक संस्थाका आन्तरिक तथा बाह्य ग्राहकले द्विपक्षिय लाभ लिन सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्