आइएमई मोटर्स र समृद्धि फाइनान्सबीच सम्झौता «

आइएमई मोटर्स र समृद्धि फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालि र समृद्धि फाइनान्सबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइएमई मोटर्सको तर्फबाट कम्पनीका निर्देशक सुमन पोखरेल र समृद्धि फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुरुप आइएमईमोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले समृद्धि फाइनान्सबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्नेसम्बन्धी समझौतापत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।
यसै अनुरुप फाइनान्सको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमईमोटर्सद्वारा बिक्री वितरण गरिएका दोस्त मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि कम्तिमा खरिद मूल्यको ७० प्रतिशतसम्मको सहुलियत पूर्ण सवारी कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्